
अध्यक्ष,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नयाँ दिल्ली ।
विषय : शुभकामना ।
कामरेड,
नेकपा -मसाल) ले सर्वप्रथम अहिले सम्पन्न हुन थालिरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन प्रति शुभकामना प्रकट गर्दै त्यसको पूणर् सफलताको कामना गर्दछौं ।
भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको करिब ४३ वर्षको लामो र गौरवपूणर् इतिहाँस रहेको छ । त्यो अवधिमा एकता समाजले भारतस्थित नेपालीहरुको लगातार सेवा गर्नुका साथसाथै नेपालको राजनीति आन्दोलनमा पनि महत्वपूणर् योगदान दिंदै आएको छ । यो बताउँदा पनि हामीलाई यसका लागि प्रशन्नता र गौरवको अनुभुती हुन्छ कि, एकता समाजको स्थापनाको कालदेखि नै त्यससित नेकपा -मसाल)को घनिष्ट र जीवित सम्बन्ध रहँदै आएको छ । हामीले आशा र कामना गर्दछौं, आगामी दिनहरुमा पनि त्यो सम्बन्धले अरु उच्चतर रुपमा विकास गर्दै जानेछ ।
वास्तवमा एकता समाजको करिब ४ दशक भन्दा बढि इतिहाँसको काल विश्व र नेपालको राजनीतिक दृष्टिकोणले पनि धेरै महत्वपूणर् रहेको छ । त्यो कालमा संसारमा र नेपालमा पनि धेरै महत्वपूणर् परिवर्तनहरु भएका छन् । त्यसरी एकता समाजको इतिहाँस विश्व र नेपालका पनि महत्वपूणर् राजनीतिक परिवर्तनहरुका बीचमा हुदै अगाडि बढ्दै आएको छ ।
अहिले एकता समाजका हाम्रा खास गरेर दुई प्रकारका जिम्मेवारीहरु छन् । प्रथम : भारतस्थित प्रवासी र भारतीय नेपालीहरु समेतको हितमा बढिभन्दा बढि काम गर्नु, द्धितीयः नेपालको राजनीतिक विकासक्रममा पनि बढिबन्दा बढि योगदान दिनु । एकता समाजले गतकालमा यी दुबै विषयहरुमा महत्वपूणर् योगदान दिंदै आएको छ र भविष्यमा पनि दिनेछ भन्ने हामीले पूरा आशा र विश्वास गरेका छौं । जसरी गत दशकहरुमा विश्व र नेपालको राजनीतिक स्थितिमा धेरै महत्पूणर् परिवर्तनहरु भएका छन्, त्यसैगरेर आगामी दिनमा पनि नयाँ नयाँ प्रकारका परिवर्तन हुँदै जानु आवसम्भावी छ । तर ती परिवतर्नहरु के र कस्ता हुनेछन् वा हामीले कुन प्रकारको परिस्थितिको सामना गर्नु पर्नेछ, त्यो कुरा अहिले नै अनुमान गर्नु सम्भव छैन । तैपनि जुनसुकै प्रकारको परिस्थिति अगाडि आए पनि हामीले त्यसका लागि आफूलाई तयार पार्दै जानु पर्दछ । त्यसरी यो प्रष्ट छ कि आउने दिनहरुमा हाम्रा जिम्मेवारीहरु अरु गम्भिर र जटिल हुँदै जानेछन् । तर त्यस प्रकारको जुनसुकै परिस्थिति तयार भए पनि त्यसको सामना गर्न हामीहरु सफल हुनेछौं भन्ने कुरामा हामीलाई पूणर् विश्वास छ । गत करिब ४ दशकहरुको अनुभव हामीसँग छ । त्यसले गर्दा हामी पहिले भन्दा धेरै परिपक्क भएका छौं र त्यो कारणले हामीहरु आगामी दिनहरुमा जस्तो सुकै परिस्थितिको सामाना गर्न पनि सफल हुनेछौं भन्ने कुरामा कुनै शंका छैन ।
कुनै पनि चिजको विकास सबै द्धन्द्ध र संघर्षका बिचबाट नै हुन्छ । एकता समाजको करिब ४० वर्षको इतिहाँस पनि त्यो कुराको साच्क्षी छ । नेपालमा र भारतमा पनि हामीले कैयौं प्रतिकुल प्रकारका परिस्थितिहरुका विरद्ध वसंघर्ष गर्दै आउनु परेको छ । त्यो नियमबाट स्वयम् हाम्रो आन्तरिक जीवन पनि अपवाद छैन । हामीले गतकालमा आफ्नो संगठन भित्र पनि कैयौं प्रकारका विरोध, अवरोध र यहाँसम्मकी फूटहरुको पनि सामना गर्दै आउनु परेको छ । तर हाम्रो नीति र दिशा स्पष्ट छ । त्यसैले त्यसप्रकारका वाह्य वा अन्तरिक द्धन्द्धहरुले हामीलाई कम्जोर बनाएका छैनन् र हामीले झ्न उच्च स्तरमा विकास गर्दै आएका छौं । त्यो विकासको गति आउनेहरुमा पनि लगातार अगाडि बढ्दै जानेछ भन्ने कुराको हामीलाई पूणर् विश्वास छ ।
नेपालको अहिलेको राजनीति पनि अत्यन्त कठिन स्थितिबाट गैरहेको छ । गतकालमा जनताको एतिहाँसिक आन्दोलनको परिणाम स्वरुप, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका कैयौं ऐतिहाँसिक उपलब्धिहरु प्राप्त भएका छन् । त्यसप्रकारका उपलब्धिहरुका पछाडि भारतस्थित नेपालीहरुको पनि महत्वपूणर् योगदान रहेको छ । तर त्यसरी जनताको महान आन्दोलनद्धारा प्राप्त उपलब्धिहरु अझै संस्थागत भैसकेका छैनन् । तिनीहरुलाई समाप्त गर्नको लागि प्रतिगामी शक्तिहरु लगातार सक्रिय छन् । त्यो अवस्थामा जनताको महान आन्दोलनद्धारा प्राप्त उपलब्धिको रक्षाका लागि सबै नेपालीहरुको र भारतस्थित नेपालीहरुको पनि ध्यान जानुपर्ने आवश्यकता छ ।
नेपालको राष्ट्रियता र सार्वभौमिकता माथि पनि कैयौं दिशाबाट हमला भइरहेको छ । त्यसकारण देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि पनि हामी सबैको ध्यान जानु पर्ने आवश्यकता छ । तर हामीलाई विश्वास छ, नेपाल र भारतका समेत नेपालीहरुको योगदानद्धारा हामीहरु जसरी गतकालमा कैयौं महान उपलब्धिहरु प्राप्त गर्न सफल भएका छौं, त्यही प्रकारले तिनीहरुको रक्षा गर्न पनि हामीहरु सफल हुनेछौं भन्ने कुरामाथि हामीलाई पूणर् विश्वास छ ।
अहिलेसम्म हामीले जेजति उपलब्धिहरु प्राप्त गरेका छौं ति पर्याप्त छैनन् । जनताको जीवनमा परिवर्तन ल्याउनका लागि राजनीतिक, आर्थिक र सामाजिक जीवनमा पनि अरु धेरै परिवर्तनहरु ल्यायनु पर्ने आवश्यकता छ । त्यसको लागि हामीले अझै लामो संघर्ष गर्नु पर्ने आवश्यकता छ । त्यसप्रकारका उदेश्यहरु पुरा गर्न र संघर्षलाई अरु अगाडि बढाउनका लागि हाम्रो एकता र संगठनलाई अरु उच्चस्तरमा अगाडि बढाउनु पर्ने वा सुदृढ गर्नु पर्ने आवश्यकता छ । हामीलाई आशा र विश्वास छ, अहिले हुन थालिरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनले त्यसको लागि ठोस् नीति, कार्यक्रम दिने छ र सहि नेतृत्वको समेत चुनाव गर्ने छ । त्यसका लागि नेकपा (मसाल)ले पुनः तपाइहरुको अहिले हुन थालिरहेको आठौं अखिल भारत सम्मेलनको सफलताका लागि शुभकामन दिन्छ ।
धन्यवाद ।
…………….
महामन्त्रि
ने.क.पा.(मसाल)
















