
नाडियाड । गत ५ मार्चको रातीदेखि लापत्ता भएका राज बहादुर थापाको खोजवीन गरि दाहासंस्कार गरिएको छ । थापाको खोजवीन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नाडियाड नगर समितिका अध्यक्ष रविन्द्र विष्टको पहलमा भएको थियो ।
५ मार्चको हराएको र ९ मार्चको विहान मृतकका काका दिपक थापा र भाई पवन थापाले राज बहादुर हराएको र खोजविन गर्नका लागि समाजका नगर अध्यक्ष रविन्द विष्टलाई निवेदन दिएका थिए । खोजविनको दौरानमा विष्ट सहितका कार्यकर्ताहरु नाडियाड टाउन स्थित पुलिस ठाना टाउनहलमा पुगेका थिए ।
पुलिसको दिएको जानकारी अनुसार अज्ञात व्यक्तिको शव ५ मार्चको विहान नै मृत फेला परेको थियो । हुलिया र कपडा जुत्ता हेर्दा सो शव राज बहादुर थापाको रहेको आफन्तहरुले पुष्टि गरेका थिए । नगर समिति नाडियाडका कार्यकर्ताहरु र आफन्त जनको सहभागितामा मृतक राज बहादुर थापाको शव दाहसंस्कार गरिएको छ ।
















