करनालमा सन्देश सभा सहित आठ मार्च मनाइयो

करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको करनाल नगर समिति एवं महिला नगर विभागको संयुक्त आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा एवं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न पारिएको छ ।

राम बहादुर नेपालीको अध्यक्षता र टीका राम विकको सञ्चालतको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई लक्ष्मी पन्थीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष विक्रम सिंह राणाको प्रमुख आतित्थ्यता रहेको थियो । राणाले सबैखाले फूटपरस्त गतिविधिहरुलाई परास्त गर्दै आठौं अखिल भारत सम्मेलन सम्पन्न भएको बताउनु भयो । त्यस्तै सम्मेलनले नयाँ आयाम थप गरेको छ, जो सम्पूणर् स्तरका कार्यकर्ताहरुको एकमना एकताले कार्यान्वयनमा पुग्न सहज हुने बताउनु भयो ।

त्यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा पनि राणाले धारणा राख्नुभएको थियो । सम्पूणर् महिला दिदी बहिनीहरुलाई महिला दिवशको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । पश्चिमोत्तर महिला विभागकी सदस्य फूल माया जिसिले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार