भारतव्यापी मनाइयो ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति महिला बिभागको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भर्चुअल माध्यामबाट सम्पन्न भएको छ । बालिका देबि शर्माको सञ्चालन र खुमा देबि शर्माको अध्यक्षताबाट अगाडि बडेको कार्यक्रममा शहिदहरुप्रति एक मिनट मौनधारण पछि उपस्थित जनसमुदायलाई देबि रिजाल अधिकारीले शब्दबाट स्वागत गर्नुभएको थियो।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुल बहादुर थापाले प्रमुख अतिथिको आसनबाट ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा प्रष्टाउँदै भन्नुभएको थियो । त्यस्तै कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोबनाथ शर्मा, केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय साँस्कृतिक विभागका मोहोराज चालिसे, दक्षिण भारत क्षेत्रीय समितिका सह सचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, भद्र बहादुर थापा, चिरञ्जीवी शर्मा, कोटि प्रसाद पोख्रेल, ओमकान्त शर्मा, महिला बिभागकी सचिव बिस्नु शर्मा, खिरमयाँ थापा, तिरुवनन्तपुर नगर समितिका उपाध्यक्ष भेष बहादुर नेपाली, अध्यक्ष टिकाराम बैजाली, चेन्नई पश्चिम नगर समितिका सचिव नेत्रलाल शर्मा, कोचिन नगरबाट गणेश शर्मा र अखिल भारत बिद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष उषा शर्माको अतिथित्थ्यता रहेको थियो । मनोज जिसी र घनश्याम पौडेल दिल बहादुर रानाले शुःभकामना मन्तब्य दिनुभएको थियो ।

जयपुर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत महिला विभाग जयपुर उत्तर एवं दक्षिणले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । मायाँ थापाको सञ्चालन, धनमाया थापाको अध्यक्षतामा अगाडी बढेको सो कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य एवं मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजाली हुनु हुन्थ्यो । कार्यक्रममा दिपा थापाले स्वागत मन्तब्य र शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रजालीले आजको दिन महिला दिवस २ किसिमबाट मनाइने गरेको बताउनु भयो । एक खाले महिला संघ संस्थाहरुले यथास्थितिवादको पक्ष पोषण गर्ने हुनाले यही व्यवस्था नै सबै भन्दा राम्रो र उच्च स्तरको व्यवस्था भएकाले घुमीफिरी यही प्रतिकृयावादी व्यवस्थालाई टिकाइ राख्न मद्दत पुग्ने उद्धेश्यका साथ महिला दिवस मनाउने गर्छन् तर अर्को खालका महिला संघ संस्थाले यो प्रतिकृयावादी व्यवस्थालाई आमूल परिवर्तन गरेर नयाँ व्यवस्था ल्याउनको लागि आधार तयार पार्दै महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्तिको आन्दोलनसँगै अगाडि बढाउने उद्देश्यका साथ मनाउने गरेको बताउनु भयो ।

यो पुरानो सडेगलेको व्यवस्थालाई बचाइ राख्ने उद्धेश्यका साथ ठुला ठुला होटलहरु बुक गरेर मनाउने महिला दिवस भन्दा सीमितरुपमा भए पनि आमूल परिवर्तनको उद्देश्यका साथ मनाउने गरेको यस किसिमको महिला दिवसको कैयौं गुणा बढी महत्व बढी रहेको रजालीको थप भनाई थियो ।

त्यस्तै मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, सांस्कृतिक विभागका रिम राना, क्षेत्रीय खेल विभागका टंक थापा, क्षेत्रीय साँस्कृतिक विभागका नारायण पौडेलले पनि मन्तव्य दिनुभएको थियो । त्यस्तै मूल प्रवाह जयपुर उत्तरका मंगल सिंह खड्का, मूल प्रवाह जयपुर दक्षिणका ओम थापा, ओमान नेपाली एकता समाजका पूर्व महासचिव नारायण ज्ञवालीले पनि मन्तव्य दिनुभएको थियो ।

बेंगलोर दक्षिण,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर दक्षिण नगर समिति अन्तर्गत महिला विभागले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । रविना देवीको अध्यक्षता र चाँदनी वि.क.को सञ्चालन पछि अतिथि आसनग्रहणमा द.भा. क्षे.स. बाट उपाध्यक्ष दशरथ वि.क., महिला क्षेत्रीयबाट पार्वती बि.क. र दक्षिण नगर समितिबाट मन बहादुर वि.क., को आसन पछि कलावती वि.क. ले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा दभा क्षेसबाट दसरथ वि.क., महिला विभाग क्षेसबाट पार्वती वि.क., दक्षिण नगर समितिबाट मन बहादुर वि.क., बलराम कोली, पार्वती र रमिला जगरीले वक्तव्य वक्त गर्नु भएको थियो ।

बेंगलोर उत्तर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति अन्तरगत महिला विभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।

दुरा पहरीको अध्यक्षता र सावित्री थापाको सञ्चालन पछि दभाक्षे सदस्य धर्म पहरी, बैंगलोर उत्तर नगर समितिबाट उपाध्यक्ष ओम बहादुर दाहालले अतिथि आसनग्रहण गर्नु भएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारणा पछि निर्मला दाहालले स्वागत मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा महिला विभाग सदस्य सीता कुँवर, कोपिला शर्मा र विद्यार्थि विभागबाट नगर अध्यक्ष विजय पहरी, ज्योती पहरी, बसन्ता दाहाल, सृजना दाहाल, धर्म पहरी र ओम बहादुर दाहालले शुभकामना मन्तब्य दिनुभएको थियो ।

दिल्ली,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समिति अन्तर्गत रहेको महिला नगर बिभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । ज्ञनु भनण्डारीको अध्यक्षता र रामु धमालाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रम सहभागिहरुलाई मायाँ थापाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य देवी शर्मा, एडवोकेट मिरा थापा, नितु सिंह पवार, नगर समितिका सदस्य नन्दु नेपाली, नगर सचिव नरेन्द्र अधिकारी, नगर सल्लाहकार प्रवा थापा लगायतले मन्तव्य दिनुभएको थियो ।

कोचिन,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति महिला बिभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाइएको छ । कार्यक्रमको अध्यक्षता साबित्रा घर्ती मगरले र सञ्चालन चन्द्रिका घर्तीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट केन्द्रीय परिसद सदस्य जानका बिसिले महिलाहरुमाथि हुने अन्याय अत्याचार तथा आफू माथि भएका थिचोमिचोको विरुद्ध संगठित आन्दोलनमा जुटनु पर्ने आवश्यकतामा जोड दिनुभएको थियो । त्यस्तै नगर अध्यक्ष जुँगराज राँहु मगर, नगर सचिव जनक बिसि, मेघराज बिसी, आशाराम घर्ती मगर, कृष्ण राउत, गुमान सिंह घर्ती र तिर्थराज घर्ति मगरले मन्तव्य दिनुभएको थियो ।

नयाँ दिल्ली,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति र ओखला नगर समिति महिला बिभागको आयोजनामा ११२औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस सम्पन्न पारिएको छ । कार्यक्रमको अध्यक्षता बिष्णु रायमाझीले, सञ्चालन गीता पौडेलले र स्वागत मन्तब्य मञ्जु रायमाझीले गर्नुभएको थियो ।

मूल प्रवाह केन्द्रीय सदस्य शिव के. सी., केन्द्रीय सल्लाहकार, बिन बहदुर कुँवर केन्द्रीय परिषद मुक्ती भुसाल र पहल सिंह परिया, महिला क्षेत्रीय बिभागकिबाट सदस्य सीता के.सी., साबित्रा कुँवर, नई दिल्ली नगर समितिबाट बिष्णु खनाल, महिला नगर बिभागबाट माया कुँवर र लक्ष्मी कडायत, मिना खनाल, सरिता पुन, सबिता आचार्य, जानकि पराजुली, कमला भुसाल, देबकला भारद्वाज, विद्यार्थीबाट अस्मिता पाण्डे र क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डेले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सस्य शिव के.सीले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो । केसीले महिलाहरुको समस्या बारेमा स्पष्टीकरण सहित महिलाहरु एकजुट भएर अगाडी बढनु पर्ने आजको आबस्यक्ता रहेको बताउनु भयो । ॅसम्पुणर् बक्ताहरुले महिलाहरुको समस्याको बारेमा र स्वदेशको संविधानमा महिलाहरुलाई अधिकारको कुरा गरेता पनि ब्यबहारिक लागू नभएको बताउनु भयो ।

जालन्धर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समिति तथा महिला विभागको आयोजनामा सम्पन्न ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा ऐतिहासिक आठौं राष्ट्रिय सम्मेलन र महिला दिवशको आजको सन्दर्भमा महत्वबारे गहकिला बिचार राख्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, धन बहादुर गोरखाली, जीतमान थापा, लक्ष्मण खड्का, सुषमा खड्का, मधुकर भण्डारी, लक्ष्मण के.सी. माधव खनाल, प्रेमशंकर खनाल, रोशनी के. सी. संतोषी थापा, कला शर्मा , सरिता नेपाली , इन्दिरा कुंवर, शान्ता चौधरी ,रमा बिष्ट, अन्जु थापा, लक्ष्मी थापा, माया परियार, कविता थापा लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम जमुना गाहाको संचालनमा तथा मिना बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो।

चेन्नई पूर्व,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समिति महिला बिभागको आयोजना मा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भब्य रुपमा सम्पन्न । महिला नगर विभागकी संयोजक लक्ष्मी चालिसे अध्यक्ष्यता र सन्तु बोहोराले संचालनबाट अगाडि बढेको सो कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समिति सदस्य तथा पूर्व नगर अध्यक्ष लछूमन चालिसे र पूर्व नगर कोषाध्यक्ष सूर्य भुषालको अतिथि आशन ग्रहणपछि ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारणा गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई रिता भुसालले शब्दबाट उपस्थित सम्पूणर्लाई स्वागत गर्नुभएको थियो ।

अतिथि लछूमन चालिसेले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा महिला बिभागको औचित्य बारेमा र पश्चिमी छाडा संस्कृति महिलाहरूलाई बिज्ञापनमा प्रयोग गरिने अझैपनी महिलाहरुलाई खेलौना रुपमा प्रयोग गरिने प्रवृत्तीको बिरुद्ध महिलाहरु नै संगठित हुनुपर्ने साथै हाम्रो समाजमा अझै पनि छोरा छोरी बिच गरिने भेदभावको अन्त्यको लागि आ-आफ्नो घरबाट नै भेदभाव मूलक अभियानको थालनी गर्नुपर्ने आबश्यकता औलाउनु भएको थियो । त्यस्तै सुर्य भूषालले पनि महिला अधिकार विषयमा मन्तव्य दिनुभएको थियो ।

पाण्डिचेरी,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत महिला विभाग नगर समितिको आयोजनामा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भब्यरुपमा सम्पन्न भएको छ ।

विभागि कि संयोजक विष्णु शर्माको अध्यक्षता र जमुना शर्माको सञ्चालनबाट अघि वढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भगवति कूँवर, जनक राज पौडेल, दक्षिण भारत क्षेत्रीय सदस्य तथा पाण्डिचेरी नगर अध्यक्ष डिल्ली प्रसाद शर्माको आथित्यता रहेको थियो । शहिदहरुको सम्मान मा एक मिनेट मौनधारण, कलाकारहरुले गित संगितद्धारा स्वागत गरेका थिए । उपस्थिति जनमानसलाई सविता विकले शब्द द्धारा स्वागत गर्नु भएको थियो ।

मुदलियर पेट एरिया बाट भद्र बहादुर जिसी, दलित विभागबाट सुर्य गायक, मध्य दक्षिण टाउन एरियाबाट सविता आचार्य, तिभु्रवनी एरियाबाट हरि बहादुर कार्की, उत्तर टाउन एरियाबाट बल बहादुर केसी, महिला विभागबाट उमा केसी, टंक सुवेदी, डिल बहादुर जिसी लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश र महिलाहरुका हक अधिकार एवं बर्तमान अबस्था बारे कन्द्रीत रहेर अथिति लगायत सबैले प्रष्ट्राउने कोशिस गर्नु भएको थियो । विचमा विचमा कलाकारहरुले गित प्रस्तुत गरेका थिए ।

निलगिरी,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा संचालित महिला बिभागको आयोजनामा ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सभा सम्पन्न पारिएको छ । मिना हमालको सञ्चालन र रुपा थापाको अध्यक्षता एवं शहीदहरुप्रती १ मिनेट मौनधारण पछि उपस्थित जन समुदायहरुलाई सिता नेपालीले स्वागत गर्नु भएको थियो ।

महिला दिवसको कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिको तर्फदेखी जगत बहादुर हमाल, बिरे थापा, निलगिरी नगर समितिको तर्फदेखी टेक बहादुर विक, महिला नगरको तर्फदेखी लक्ष्मी परियार, उटी एरीया समितिकोतर्फ देखी लोकेन्द्र विक, निलगिरी खेलकुद विभागको तर्फदेखी मधु खनाल, विद्यार्थी विभागको तर्फदेखी कस्तुरी थापाले मन्तब्य राख्नु भएको थियो ।

लुधियाना,
लुधियाना मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित सिटी नगर समिति र फोकल प्वाईट नगर समिति संयुक्त आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे चर्चा गदै बोल्ने वक्ताहरुमा केद्रीय सदस्य राज कुमार शाही, परिषद सदस्य उदय सिंह चन्द, अर्जुन कार्की, महिला क्षेत्रीय सदस्य दुर्गा रिजाल, रक्तिमबाट सम्झना सोनी, जमालपुर एरियाबाट यमकला सोनी, प्रभा गिरी लगाएत हुनुहुन्थयो

कार्यक्रम बिमला अधिकारीको अध्यक्षतामा तथा दिपा चन्दको सञ्चालनमा सम्पन्न भएको थियो ।

गुरुग्राम,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत गुरुग्राम नगर समितिद्धारा सञ्चालित महिला नगर विभागको आयोजनामा ११२ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस भव्य रुपमा मनाइएको छ ।

गिता विकको अध्यक्षता र सुमित्रा थापाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सल्लाहकार राम बहादुर गौतम, क्षेत्रीय समितिका सुरेश कुमार पाण्डे, कमल रायमाझी, महिला क्षेत्रीय बिभागबाट मिना परियार,  अखिल नेपाल महिला संघ दाङबाट देवा पाण्डे, अखिल नेपाल युवक संघ कपिलवस्तुबाट प्रकाश वि.क. लगायतको आतित्थ्यता रहेको थियो ।

सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि अतिथिहरुले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार