मेरठ, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तरगत मेरठमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल एवं केन्द्रीय सदस्य तिलक पौडेलको विषेश उपस्थिति एवं नारायण प्रसाद शर्मा र जीवन शर्माको सकृयतामा नगर भेला सम्पन्न भइको छ ।
राजकुमार शर्माको अध्यक्षता र नारायण प्रसाद शर्माको सञ्चालनमा अगाडी बढेको भेलामा अतिथीहरूको आसन पछि ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई जीवन शर्माले स्वागत गर्नु भएको थियो ।
भेलाको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खलालले गर्नु भएको थियो । भेलाले जीवन शर्माको अध्यक्षतामा १३ पूणर् ४ बैकल्पीक र ४ सल्लाहकार गरि २१ सदस्यीय मेरठ नगर समितिको गठन गरेको छ ।
जसमाः उपाध्यक्ष- ज्ञान प्रसाद बेल्वासे, सचिव- विष्णु खनाल, सहसचिव- बल बहादुर, कोषाध्यक्ष- लक्ष्मी, सदस्यहरूमाः संगीत थापा, विष्णु थापा, नारायण के.सी., विष्णु पाण्डे, गिर बहादुर बि.क., सत्य बहादुर सुनार र दुई स्थान रिक्त, बैकल्पीक सदस्यमा राम बहादुर सुनार, ओम राज पोख्रेल, अमर थापा र एक स्थान रिक्त, सल्लाहकारमाः नारायाण प्रसाद शर्मा, राजकुमार शर्मा, मायाँ थापा र एक स्थान रिक्त रहेको छ ।
केन्द्रीय सदस्य तिलक पौडेलले नयाँ समितिलाई बधाई दिनुभएको थियो ।