नवलपुरको कथित राजमो भेला अवैधानिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेले २०७८ फागुन २१ गते नवलपुरमा गरिएको भनिएको कथित जिल्ला भेलालाई अवैधानिक बताउनुभएको छ ।

राजमोका साधारण सदस्यसमेत नरहेकाहरूले आज राजमो नवलपुरको तेस्रो जिल्ला भेला गरेको दाबी गरेपछि उहाँले आजै यस्तो प्रतिक्रिया दिनुभएको हो । युगदर्शनसित प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो- ‘यो भेला पूरै अवैधानिक छ ।’ ‘जुन व्यक्तिहरू राष्ट्रिय जनमोर्चाको साधारण सदस्यसमेत छैनन्, उनीहरूले तेस्रो जिल्ला भेला गरेको दाबी गरिरहेका छन्’ उहाँले भन्नुभयो- ‘यो हद दर्जाको अराजनीतिक गतिविधि हो ।’ उहाँले राजमो नवलपुरको भेला गर्ने तत्काल कुनै कार्यक्रम नरहेको पनि जानकारी दिनुभयो । ‘राजमो नवलपुरले जिल्ला भेला गर्ने कुनै निणर्य गरेको छैन’ उहाँले नवलपुरमा राजमो आधिकारिक समिति यथावत् रहेको बताउनुभयो ।

‘यो फुटपरस्त तत्वहरूको गतिविधि हो’ उहाँको थप भनाइ थियो- ‘उनीहरूले राजमोको झन्डा प्रयोग गर्नु पनि अवैधानिक छ ।’ उहाँले फुटपरस्त तङ्खवहरूको भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार