अखिल नेपाल युवक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण सम्पन्न

बुटवल । अखिल नेपाल युवक सङ्घको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७८ फागुन २५ देखि २७ गतेसम्म रुपन्देहीको बुटवलमा सम्पन्न भएको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको सो भेलाले कृष्णराज पाण्डे अध्यक्ष र भीमसेन वन महासचिव रहनुभएको युवक सङ्घको नयाँ केन्द्रीय केन्द्रीय समिति गठन गरेको छ । २०७८ फागुन २९ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।

प्रेसविज्ञप्तिको पाठ यस्तो छ :

“अखिल नेपाल युवक सङ्घको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम २०७८ साल फागुन २५ देखि २७ गतेसम्म बुटवलमा सम्पन्न भई त्यसले गरेका महŒवपूणर् निणर्यहरू सार्वजनिक गर्न यो पे्रसविज्ञप्ति जारी गरिएको छ ।

१. राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले मैनबत्ती बालेर भेला तथा प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व अखिल नेपाल युवक सङ्घका का.वा. अध्यक्ष कृष्णराज पाण्डे र सञ्चालन अखिल नेपाल युवक सङ्घका का.वा. महासचिव भीमसेन वन र स्वागत भाषण उपाध्यक्ष लक्ष्मण पुनले गर्नुभएको थियो । भेला तथा प्रशिक्षणमा शुभकामना दिनेहरूमा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष तिलक थापा, पूर्व उपाध्यक्ष भीमलाल न्यौपाने, कम्युनिस्ट सङ्ग्रालयका चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य तथा प्रशिक्षक दुर्गानाथ खरेल, अखिल (छैठौँ) केन्द्रीय सदस्य सागर बेलबासे, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतम हुनुहुन्थ्यो ।

२. प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी, बुद्धिजीवी सङ्घका सचिवलाय सदस्य दुर्गानाथ खरेल र युवक सङ्घका पूर्व अध्यक्ष तिलक थापाले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

३. अखिल नेपाल युवक सङ्घको भेलाअन्तर्गतको बन्दशत्रमा तीन सदस्यको अध्यक्ष मण्डल चयन गरिएको थियो । त्यसअनुसार लक्ष्मण पुन, कुलराज खनाल र सीता पुनले बन्दशत्र सञ्चालन गर्नुभएको थियो । बन्दशत्रमा केन्द्रीय कार्यलयको तर्फबाट का.वा. अध्यक्षले रिपोर्टिङ गर्नुभएको थियो भने प्रदेश र जिल्लाबाट प्रतिनिधिहरूले रिपोर्टिङ गर्नुभएको थियो ।

४. बन्दशत्रमा साङ्गठनिक प्रतिवेदन सङ्घका का.वा. अध्यक्ष कृष्णराज पाण्डेले, आगामी कार्यक्रम का.वा. महासचिव भीमसेन वनले, विषेश प्रस्ताव उपाध्यक्ष हुमलाल नेपालीले पेस गर्नुभएको थिायो । बन्दशत्रमा तीनओटै प्रस्ताव व्यापक छलफलपछि पारित गरिएको थियो ।

५. अखिल नेपाल युवक सङ्घको बन्दशत्रमा नयाँ प्यानलको प्रस्ताव आयोजकका तर्फबाट पूर्व अध्यक्ष तिलक थापाले प्रस्तुत गर्नुभएको थियो । उहाँले २५ पूणर्, ६ वैकल्पिक र ५ सल्लाहकारसहितको केन्द्रीय समितिको सङ्ख्या पेस गर्नुभएको थियो । उक्त सङ्ख्या पास भएपछि केन्द्रीय समितिको नामावली पेस गर्नुभयो । उक्त प्रस्तावलाई बन्दशत्रका प्रतिनिधिहरूले सर्वसम्मत रूपमा अनुमोदन गर्नु भयो । निर्वाचित केन्द्रीय सदस्य ज्येष्ठ सदस्य लक्ष्मण पुनको अध्यक्षतामा प्रथम बैठक बसी निम्न पदाधिकारी निर्वाचित गरियो :

अध्यक्ष कृष्णराज पाण्डे (बाँके), उपाध्यक्षहरू लक्ष्मण पुन (बागलुङ), चित्र एमसी (दाङ), हुमलाल नेपाली (प्युठान), महासचिव भीमसेन वन (बागलुङ), सचिवहरू कुलराज खनाल (अर्घाखाँची), डम्मर कार्की (काठमाडौँ), कोषाध्यक्ष खगा राना (प्युठान), सदस्यहरू योगेन्द्र पौडेल (नवलपुर), कमल थापा (पाल्पा), कृष्ण क्षेत्री (पर्वत), दिलराज मोक्तान (मकवानपुर), उषा तरामु (गुल्मी), डम्मर खड्का (रोल्पा), वरुणध्वज मल्ल (प्युठान), ठाकुर पन्थी (अर्घाखाँची), कमल पौडेल (प्युठान), भरत ढकाल (प्युठान), कृष्णराज पौडेल (बागलुङ), हरिनारायण योगी (रुपन्देही), प्रताप पौडेल (कास्की), प्रशान्त थापा (डोटी), मेर्जन शाही (कैलाली), वीरेन्द्र थापा (बागलुङ), वैकल्पिक सदस्यहरू लालसिंह मल्ल (नवलपुर), कणर् कार्की (कञ्चनपुर), निर्मल पौडेल (सिन्धुपाल्चोक), कृष्ण खनाल (अर्घाखाँची), दीपक विक (डोटी), दोहन थापा (सुर्खेत), सल्लाहकारहरू तिलक थापा (बागलुङ), लक्ष्मणदेव पाण्डे (काठमाडौँ), रमेश पौडेल (काठमाडौँ), कविराम खनाल (अर्घाखाँची) र भक्त विक (दैलेख) लाई चयन गरियो ।

६. पदाधिकारीको घोषणा गरिसकेपछि भेलाको समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले निर्वाचित बधाई तथा शुभकामना दिनुभएको थियो ।

बधाई तथा शुभकामना दिनेहरूमा पूर्व अध्यक्ष तिलक थापा, अखिल (छैठौँ) का केन्द्रीय सदस्य सरोजमान सिंह बुद्धिजीवी तथा प्रशिक्षक दुर्गा खरेलले बधाई तथा शुभकामना दिनुभएको थियो । निर्वाचित अध्यक्षले आफ्नो प्रतिबद्धतासहितको भनाइ राख्नुभएको थियो । उक्त समापन कार्यक्रमको सभापतित्व चित्र एमसी र सञ्चालन वरुणध्वज मल्लले गर्नुभएको थियो ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार