
वापी, १८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी (पूर्व) नगर समितिको आयोजनामा वापीको केके भण्डारी ग्राउण्डमा फुटबल खेल सम्पन्न भएको छ । निखिल रावतको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष भुवनसिंह धामीले गर्नुभएको थियो ।
खेलको विधिवत उद्घाटन केन्द्रीय सचिव बेदबहादुर कार्कीले गर्नुभएको थियो । प्रमुख अतिथिले रिबन काटेर खेलको उद्घाटन गरेसंगै अगाडि बढेको सो खेलमा कुल १० टिमको सहभागिता रहेको थियो । केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय वैकल्पिक सदस्य श्रीधर शर्मा, महिला क्षेत्रीय संयोजक शोभा धामी, क्षेत्रीय साँस्कृतिक विभागका हरिसिंह काउछा, क्षेत्रीय स-सचीव हरि गिरी, क्षेत्रीय सदस्य चेतनाथ ढकाल, विष्णुमाया शर्मा, बाबुराम दहित, चन्द्र वि.क., बिना काउछा लगायतले अतित्थ्यता गर्नु भएको थियो ।

उत्कृष्ट खेलको प्रदर्शन गर्दै राहुल अधिकारीको कप्तानीमा चनोद एफसीले प्रथम हुन सफल भयो भने बोमबहादुर सी.के.को कप्तानीमा धनगढी बोयजले दोस्रो स्थान प्राप्त गरेको थियो । उत्कृष्ट खिलाडीमा रोशन खत्री चयन भएका थिए ।
बिजेता खेलाडीहरूलाई सम्पुणर् अतिथिहरूले शिल, मेडल, सर्टीफिकेट तथा अवीर लगाएर सम्मान गर्नुभएको थियो ।

















