घोराहीमा जनजातीको प्रदर्शन : संसदबाट पारित एमसीसी खारेजीको माग

दाङ । नेकपा (मसाल) सहित विभिन्न राजनीतिक दल सम्बद्ध जनजाती संगठनहरुले संसदबाट पारित विवादित अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गर्दै घोराहीमा प्रदर्शन गरेका छन् ।

आइतबार अखिल नेपाल जनजाति सम्मेलन, मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मधेशी राष्ट्रिय मुक्तिमोर्चा (क्रान्तिकारी) नेपाल र थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा ‘एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय साम्राज्यवाद मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, महंगी नियन्त्रण गर’ जस्ता गगनभेदी नारासहित नेता, कार्यकर्ता नयाँ बजार पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष भिमप्रकाश पुन, मधेशी राष्ट्रिय मुक्तिमोर्चा (क्रान्तिकारी) नेपालका जिल्ला अध्यक्ष सूर्य यादव र थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय महासचिव रामजी थारु लगायतले सम्बोधन गर्नुभएको थियो । सभाको सहजीकरण चुलुवा चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार