क्यान्सर पीडितलाई ‘मूल प्रवाह आगरा’द्धारा आर्थिक सहयोग प्रदान

आगरा । मूलत स्वर्गद्वारी, प्यूठान, नेपाल निवासी तथा वर्तमानमा लामो समयदेखि राम विहार कोलोनी, फेज ३, देवरी रोड, उखर्रा सैयद, निबासी करीब ५३ बर्षीय भगवान सिंह वर्मा उर्फ छोटु भाईलाई एकता समाज आगराले रु. १० हजार सहयोग धनराशी प्रदान गरेको छ ।

क्यान्सर रोगबाट पीडित भएर अति दयनीय स्थितिमा पुगेका तथा समाजदेखि सम्पर्क विहीन रहेको खबर नगर समितिका बरिष्ठ सल्लाहकार पूरन चन्द सोनीद्वारा १३ मार्च २०२२ प्राप्त भएको थियो । यो सुचना पाउन साथ नगर अध्यक्ष मिठु केसीको निर्देशनमा १३ मार्च २०२२ को नगर उपाध्यक्ष प्रताप सिंह पांडे, केन्द्रीय परिषद सदस्य राम बहादुर केसी, नगर कोषाध्यक्ष दिन्नाथ थापा, नगर सचिव लाखन परियार, उपसचिव राजकमल दत्त, वरिष्ठ सल्लाहकार पूरन चन्द सोनी र सल्लाहकार इन्द्र कोइरालाले बिमारीलाई भेटेर स्वास्थ्य सम्बन्धी जानकारी लिएको थियो ।

साथै पीडितको कुनै स्थायी आय स्रोत नभएको तथा आर्थिक स्थिति अति कम्जोर भएको कारणले ‘नगर समिति राहत कोषाबाट पिडित परिवारलाई दैनिक खाद्य सामग्री चावल, पीठो, तेल, रिफाइंड, दाल, शब्जी, चीनी, चियापत्ती आदि तत्काल प्रदान गरेको थियो ।

यस अभियानलाई निरन्तरता दिएर नगर कोषाध्यक्ष, दिन्नाथ थापा, केन्द्रीय परिषद सदस्य राम बहादुर केसी र वरिष्ठ सल्लाहकार पूरन चन्द सोनीले १९ मार्च २०२२ को सहयोगी मित्रहरूको घर दैलोमा पुगेर आर्थिक संकलन गर्नु भएको थियो । केहि आर्थिक संकलन २० मार्च २०२२ रविबारको दिन नगर समितिको कार्यालयमा उपस्थित नगर समितिका पदाधिकारीहरु र अन्य उपस्थिति सहयोगी हातहरुबाट संकलन गरी पीडितको धर्म-पत्नी, बैनी र छोरीलाई हस्तान्त्रण गरेर तत्काल नगद राशिद्वारा सहायता पुराएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार