दाङको बङगलाचुलीमा राजमो प्रवेशको लहर

दाङ । दाङको बङगलाचुली गाउँपालिका वडा नम्बर ४ मा ठूलो संख्यामा स्थानीय कार्यकर्ता तथा जनता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

 विगतमा एमाले, कांग्रेस, माओवादी र राप्रपामा संगठित भएका स्थानीय ती पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।


राजमो प्रवेश गर्नेहरुमा रामलाल थापा, टिकाराम अधिकारी, नमलाल थापा, बालचन्द्र घर्ती, इस्वरी घर्ती, कल्पना पान्डे, जानका घर्ती, पूर्ण बहादुर घर्तीलगायत हुनुहुन्छ ।

नव प्रवेशीहरुलाई राजमो जिल्ला अध्यक्ष गणेश आचार्य, पालिका अध्यक्ष सुमन घर्ती, सदस्य केदार परियार लगायतले अबिर लगाइ पार्टीको सदस्यता प्रदान गरी स्वागत गर्नु भएको थियो । सो कार्यक्रम केदार परियारको नेतृत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार