रोहतक, १० अप्रैल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत महिलाहरुको भेला गरी बिभाग गठन गरिएको छ ।
सिता परियारको अध्यक्षता र बल बहादुर बिकको संचालनमा सुरु भएको भेलामा पश्चिम उत्तर क्षेत्रीय समितिका सदस्य मोहन सिंह बिक र रेशम बिक नगर अध्यक्ष सुभाष गौतम, सदस्य विक्की परियारले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
देश बिदेशका चिर परिचित शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि सुरु भएको कार्यक्रममा उपस्थित जनसमुदायलाई बिमला बिकले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
मन्तब्य राख्ने क्रममा रेशम बिकले आठौं अखिल भारत सम्मेलनद्वारा पारित घोषणा पत्र र बिधान बारे बिस्तारमा बताउनुभयो र नयाँ बिधानको पालनामा संगठन विस्तार गरी काम गर्नुपर्ने बताउनु भयो ।
मोहन सिंह बिकले तात्कालिक देशमा हुन गएको स्थानीय चुनावमा उपस्थित हुन सबैले जोड दिनुपर्ने र राजमो उम्मेदवारहरुलाई बिजय गराउने हाम्रो संगठनको दायित्व रहेको जानकारी दिनुभयो ।
यस्तै सांगठनिक बिषयमा छलफल पछि सिता परियारको संयोजकत्वमा २१ सदस्यीय बिभाग गठन गरिएको हो । जस्माः सदस्यहरु क्रमश उषा बिक, सरिता बस्याल, बिमला बिक, कल्पना परियार, मिनाक्षी सुनार, मिना गौतम, माया नेपाली, देवी खरेल, कमला पौडेल, मिना परियार, कविता सुनार, कमला नेपाली, तारा गौतम, लक्ष्मी थापा, मिना नेपाली, सिता नेपाली, अनिता बिक, सोनिया बेल्वासे, लक्ष्मी मल्ल ठकुरी र गोमा परियार रहनुभएको छ ।
नवनिर्मित समितिको नामावली घोषणा धर्म सुनारले गर्नुभएको थियो भने विक्की परियारले आफ्नो मन्तव्य राख्नुभएको थियो । नगर समितिको तर्फबाट सुभाष गौतमले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।