
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा मेयर उपमेयर पदमा उम्मेदवारी दिँदा दुईमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने निर्णयलाई निर्वाचन आयोगले सच्याएको छ।

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा मेयर उपमेयर पदमा उम्मेदवारी दिँदा दुईमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने निर्णयलाई निर्वाचन आयोगले सच्याएको छ।
आयोगले निर्वाचनमा लैंगिक समावेशी मैत्री बनाउन दलहरूलाई दिएको निर्देशनको बुँदा सच्याएपछि सत्तारुढ गठबन्धनलाई सहज भएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अन्यथा भएकाले सच्चाइएको उल्लेख गरेका छन्। आयोगले गत चैत २२ गते दलहरूका लागि जारी गरेको निर्देशनमा महिला अनिवार्य हुनुपर्ने उल्लेख थियो।
आयोगको निर्देशनको बुँदा नम्बर ६ मा भनिएको थियो, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षमध्ये कुनै एक पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेदवारलाई प्राथमिकता दिने!’
आयोगले यो बुँदा सच्याएपछि अब स्थानीय निर्वाचनमा पुरुष उमेदवारको बाहुल्यता हुने भएको छ।
एउटा पदमा उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने प्रावधान राखिएपछि सत्ता गठबन्धनका दलले आपत्ति प्रकट गरेका थिए।
सत्ता गठबन्धन दलहरुले आयोगको निर्देशन निर्वाचन ऐनविपरीत भएको भन्दै एकै दलको उम्मेदवारमा मात्रै लैङ्गिक समावेशी हुनुपर्ने बताएका थिए।
गठबन्धनका कारण महिलाको प्रतिनिधित्व कम हुने भएकाले गरिएको उक्त व्यवस्था आयोगले सत्ता गठबन्धनको दबाबमा फिर्ता लिएको हो।

खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह...

खिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर...

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट...

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य...

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष...

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका...

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation