
वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतका जिल्ला सदस्य भानुसिंह बसेल (राकेश) ले आफू कथित रक्तिममा नरहेको घोषणा गर्नुभएको छ ।
२०७८ चैत २९ गते प्रेसवक्तव्य जारी गर्दै उहाँले आफू नेकपा (मसाल) को सांस्कृतिक मोर्चा अर्थात् रेम रानाले नेतृत्व गर्नुभएको रक्तिम सांस्कृतिक अभियानमा नै रहेको बताउनुभएको हो ।
प्रेसवक्तव्यमा उहाँले भन्नुभएको छ–
“मिति २०७८ चैत २६ गतेका दिन रक्तिम सांस्कृतिक अभियानको छत्तिसौँ स्थापना दिवसको अवसर पारी नारायण शर्माको नेतृत्वमा अलग केन्द्रीय समिति निर्माण गरेको समाचार सामाजिक सञ्चालमा पोस्ट गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
नारायण शर्माको कमिटीमा म नबस्ने तथा म नेकपा (मसाल) को सांस्कृतिक मोर्चा रेम रानाले नेतृत्व गरेको कमिटी तथा वैधानिक मोर्चा राष्ट्रिय जनमेर्चाप्रति प्रतिबद्ध रहेको र आफ्नै घरमै रहेको कुरा जानकारी गराउँछु । साथै उक्त समाचारले भ्रम उत्पन्न गराएकाले सम्पूर्ण कामरेडहरूलाई कुनै भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।”
गत चैत २६ गते नेकपा (मसाल) बाट निष्काशित व्यक्तिहरूले काठमाडौँमा भेला गरेर बेग्लै रक्तिम सांस्कृतिक अभियान गठन गरेको बताइएको थियो । सो समितिमा बसेलको नाम उल्लेख थियो ।

















