बागमती प्रदेशका तीन पालिकामा गठबन्धन, यी हुन् राजमोका उम्मेदवार

काठमाडौं । बागमती प्रदेश अन्तर्गत राष्ट्रिय जनमोर्चाले विभिन्न पालिका र वडामा उम्मेदवारी दिएको छ । प्रदेशका केही स्थानमा तालमेल गरेर उम्मेदवारी दिएको राजमोले कतिपय स्थानमा एकल उम्मेदवारी दिएको छ ।

राजमो बागमती प्रदेश समितिले दिएको जानकारी अनुसार राजमोले काठमाडौंको चन्द्रागिरी, ललितपुर र रामेछापको सैलुङमा तालमेलबाट उम्मेदवारी दिएको छ ।

जसमा चन्द्रागिरी नगरपालिकाको उपप्रमुखमा पाँच दलीय गठबन्धनबाट रोसन दानी, ललितपुर महानगरपालिकामा राजमो र नेपाली कांग्रेसबीचको तालमेलबाट वडा नं २८ को सदस्यमा चन्द्रमायाँ महर्जन र २९ मा राम महर्जन तथा रामेछापको शैलुङ गाउँपालिका १ मा राजमो, माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट वडा सदस्यमा रामकुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लाका विभिन्न पालिकामा एकल रुपमा उम्मेदवारी दर्ता गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा भक्तिराम शर्मा र उपप्रमुखमा देवी शर्माले उम्मेदवारी दिनुभएको छ ।

जिल्लाको रत्ननगर नगरपालिकामा प्रमुखमा इन्द्रप्रसाद पौडेल पाध्या र उपप्रमुखमा चन्द्रकला केसीले उम्मेदवारी दिनुभएको छ । सोही नगरको वडा नं १ मा छविलाल शर्मा र ८ मा पदम प्रसाद वाग्लेले अध्यक्षको उम्मेदवारी दिनुभएको छ ।

यस्तै, खैरेनी नगरपालिका प्रमुखमा धनबहादुर थापाले उम्मेदवारी दिनुभएको छ भने वडा नं ६ मा मदनसिंह अधिकारी र वडा नं ५ मा मोहराज शर्मा चालिसेले वडाअध्यक्षको उम्मेदवारी दिनुभएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका प्रमुखमा छवि खनालले उम्मेदवारी दिनुभएको छ ।

मकवानपुरको थाह नगरपालिका प्रमुखमा शुभराज गोलेले उम्मेदवारी दिनुभएको छ भने सोही नगरपालिकाको वडा नं ३ को अध्यक्षमा दिनेश विष्ट, सदस्यमा प्रमिला कार्की र दलित महिला सदस्यमा शोभा परियारको उम्मेदवारी परेको छ ।

यी हुन् बागमतीमा राजमोका उम्मेदवार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार