अब हप्तामा दुई दिन विदा, कार्यालय समय थपियो

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले कार्यालय समय थप गरेर हप्तामा दुई दिन विदा दिने निर्णय गरेको हो । यस्तै, कार्यालय समय पनि विहान ९ः३० देखि साँझ ५ः३० कायम गरिएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको निर्णय जानकारी दिँदै भन्नुभयो, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजे साझ ५ः३० बजे कार्यालय समय कायम गर्ने। सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार