आगराको खन्दारी एरिया समितिको पुनर्गठन

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, आगराका क्रियाशील नगर अध्यक्ष श्री मिठु केसीको कुशल अध्यक्षतामा १ मई २०२२ आइतबारको दिन खन्दारी एरिया समितिको पुनर्गठन गरिएको छ ।

यस अवसरमा विशेष उपस्थितिमा केन्द्रीय सदस्य ध्रुव शाह, केन्द्रीय परिषद सदस्य राम बहादुर केसी, नगर समितिका उपाध्यक्ष प्रताप सिंह पाण्डे र नगर समितिका कोषाध्यक्ष दीननाथ थापाको विशेष उपस्थिति रहको थियो । भेलाले धन बहादुर बिश्वकर्माको अध्यक्षतामा खण्दारी एरिया समिति गठन गरेको छ । सोही अवसरमा विस २०७९ को भित्ते पात्रो र सदस्यता वितरण गरिएको थियो ।

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा अतिथिहरुले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । मजूदर दिवसको महत्व, इतिहास, संघर्ष, त्याग र वलिदान माथि प्रकाश पार्नु भएको थियो । नगर अध्यक्ष मिठू केसीले विश्व निर्माणमा मजदूरको अग्रिणी भूमिका रहेको बताउनु भयो । ॅयदि मजदूर, शिल्पी, कलाकार, प्राविधिज्ञ आदि नभैदिएको भए यो दुनिया आज यति सुन्दर र समृद्ध बन्न सक्ने थिएन ।’ केसीले सामाजिक मेलजोल, एकता, सद्भाव र सहयोगको लागि पनि आव्हान गर्नु भयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार