कपिलवस्तुको विजयनगर गाउँपालिकामा राजमोको चुनावी लहर

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा राजमोको राम्रो लहर चलेको छ । यो लहरले लामो समयसम्म जनतालाई गुमराह गर्दै आफ्नो स्वार्थ सिद्ध गर्न सफल आफुलाई ठूलो पार्टी भनेका दलका नेता कार्यकर्ताहरु थर्कमान छन् ।

राजमो विजयनगरको प्रचारप्रसार टोली वार्ड नम्बर ५ को सिस्वा, बघ्मरी, मनहरापुर, बनगाई, कटुवा, देवीपुर, बघ्मरवाह, ठकुरापुर, पिपरी, बगाह छोटपटिया, डाल्पुर, नौरंगीया, कटनिया, वार्ड नम्बर ६, जुड्पनिया, वार्ड नम्बर ७ को बड्सोड्वा, मानपुर, ढोडरी लालपुर, मधनगर, गेडुवाजोत, धधरा, वार्ड नम्बर ४ को त्रिपाल नगर, प्रेम नगर, डगडौवा, छिटही डिहवा, महिलावार, बर्गदवा, बर्गदी, देउपुरा, आदिमा घरदैलो भेटघाट गर्दै अगाडी बढेको छ ।

घरदैलो कार्यक्रममा विजय नगर गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल सुनार, उपाध्यक्ष उम्मेदवार सुसिला देवी चौधरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अध्यक्ष ठाकुर खनाल, जातीय समाज केन्द्रीय सल्लाहकार दिल बहादुर बिक, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र मजदुर युनियन एवं राजमो जिल्ला सदस्य नागराज योगी, वार्डका उम्मेदवार सहित दर्जनौं स्थानीय कार्यकर्ताहरु सहभागीता रहेको छ । घरदैलो भेटघाट निरन्तर चलिरहने छ ।

ज्ञात रहोस् राजमो विजय नगर गाउँपालिका अध्यक्ष पदमा गोपाल सुनार उपाध्यक्ष पदमा सुसिला देवी चौधरी सहित

वार्ड नम्बर १ अध्यक्षमा वंशराज कोरी,

वार्ड नम्बर ३ अध्यक्षमा मिठ्ठू गडरीया, खुल्ला सदस्यमा शान्ति देवी लोहार र अनन्तराम तेली,

वार्ड नम्बर ४ अध्यक्षमा गोविन्द दर्जी, महिला सदस्यमा लीलावती यादव, दलित महिला सदस्यमा पुनम नेपाली, खुल्ला सदस्यमा असोक खटीक, राम प्रसाद लोहनीया,

वार्ड नम्बर ५ अध्यक्षमा खदेरु पासी, महिला सदस्यमा मुटुरी गडरीया, खुल्ला सदस्यमा मोती लाल नाउ र त्रिवेनी चौधरी,

वार्ड नम्बर ६ अध्यक्षमा मन्तराम अहिर, महिला सदस्यमा सुर्यमती कोरी, दलित महिला सदस्यमा तारामती पासी, खुल्ला सदस्यमा विनोद कुमार कहार र सुर्य बहादुर जिसी,

वार्ड नम्बर ७ अध्यक्षमा राम संवारे धोवी, दलित महिला सदस्य मनिषा कोरी, खुल्ला सदस्य उम्मेदवार विश्वनाथ नाउ, शुभ रात्रि पठानलाई उम्मेदवार उतारेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार