यी हुन् मधेश प्रदेशका उम्मेदवार

  • रौतहट राजपुरको प्रमुखमा राजमोबाट नेक मोहम्मद
  • रौतहट । स्थानीय तह निर्वाचनका लागि रौतहटको राजपुर नगरपालिकामा राष्ट्रिय जनमोर्चा नेक मोहम्मदलाई अघि सारेको छ ।

    नगरपालिकाको प्रमुखमा नेक मोहम्मद र उपप्रमुखमा अजमेर खातुनले उम्मेदवारी दिनुभएको छ ।

    राजमोले नगरपालिकाका विभिन्न वडामा उम्मेदवारी दिएको छ ।

    मधेश प्रदेश अन्तर्गत राष्ट्रिय जनमोर्चाले रौतहट, सर्लाही र बाराका विभिन्न स्थानमा उम्मेदवारी दिएको छ ।

    रौतहटकै यमुनामाई नगरपालिकाको उपप्रमुखमा मुस्तार मिया र वडा नं ५ को वडाअध्यक्षमा अतिउल्लाह सहितको उम्मेदवारी दर्ता गरिएको छ । वडासदस्यका उम्मेदवारहरुमा फुल मोहम्मद मिया कवाडी, दसिमुल खातुन, सुमित्रा माझी र मिसाइल मिया उम्मेदवार हुनुहुन्छ।

    यमुनामाइ गाउँपालिका–५ का वडाअध्यक्ष उम्मेदवार मोहम्मद अतिउल्लाह

    वडा नं ४ को अध्यक्षमा जमिल अख्तर वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

    सर्लाहीको हरिवन नगरपालिकामा श्रवणकुमार लोप्चनलाई प्रमुख पदामा अघि सारेको छ । यस्तै, लालबन्दी नगरपालिकाको वडा नं १७ मा राजन सापकोटा वडा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

    बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ११ को अध्यक्षमा विनोदकुमार साहसहित वडासमितिमा उम्मेदवारी दिइएको छ भने १४ को सदस्यमा हेमाकुमारी थापा र तारादेवी क्षेत्री, वडा नं १५ को वडाअध्यक्षमा जीवनकुमार भट्टराई र सदस्यमा सीता सार्की, वडा नं २० को वडाअध्यक्षमा काशिराम पाध्य, सदस्यमा तिलक शर्मा, राजा सुवेदी र नारायण आचार्यले उम्मेदवारी दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार