समयमै मल बीऊको व्यवस्था गर्न पाँच किसान संगठनको माग

काठमाडौं । अखिल नेपाल किसान महासंघ (अप्फा) सहित विभिन्न पाँच किसान संगठनले किसानलाई आवश्यक पर्ने मल बीऊको व्यवस्था समयमै मिलाउन माग गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गरी किसान संगठनहरुले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तयारी भइरहेको सन्दर्भमा कृषि क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न माग गरेका छन् ।

विज्ञप्तिमा आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास गरी स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकास गर्न माग गरिएको छ ।

यस्तो छ, विज्ञप्ति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार