पाँच दलीय गठबन्धन प्रतिगामी विरुद्धको आन्दोलन हो : नर बहादुर पुन

बाग्लुङ । जैमुनी नगरपालिकाका मेर उमेद्वार नर बहादुर पुनले पाँच दलीय गठबन्धन प्रतिगामी विरुद्धको आन्दोलन भएको बताउनु भएको छ । पुनले एक पत्रकारसँग साक्षत्कार कुराकानीमा सोधारणा राख्नुभएको हो ।

चुनावमा तपाईहरुका मुद्धा के के हुन् भन्ने जिज्ञासाप्रति जवाफ दिंदै भन्नु भयो- ‘खास ठोस कार्यक्रम ल्याएका छैनौँ । हामीले विकास कसरी गर्ने त्यसको अवधारणा पेश गरेका छौँ । मुख्य त उत्पादनमा जोड गरेका छौँ । हाम्रो सेवाको जुन क्षेत्र छ त्यो अहिलेसम्म जुन टाँठाबाठाले मान्ने चलन छ त्यसलाई हामीले जनताको घरदैलोमा सेवा पुर्याउने पाँच दलीय गठबन्धनको सहमति बनाएका छौँ । त्यसपछि स्वास्थ्यमा के गर्ने, सामाजिक सुरक्षामा के गर्ने, कृषिमा के गर्ने, पर्यटनमा के गर्ने यस्तै सैद्धान्तिक कुरा मात्र हामीले पेश गरेका छौँ । हाम्रो प्रतिबद्धता पत्रहरु पनि कार्यन्वयन भईरहेको छ । यसरी हामीले जनतालाई ठोस कार्यक्रमहरु केहि पनि दिएका छैनौँ ।’

ठोस कार्यक्रम नल्याउनुको कारण बारे पुन भन्नु हुन्छ : ‘हामीले ठोस कार्यक्रम नै नदिने भनेर हो । ठोस कार्यक्रम त निर्वाचित भईसकेपछि मात्र हामी जनताको बीचमा जाने भन्ने छ । निर्वाचनमा हार्यौँँ भने त्यसको अर्थ हुँदैन । जितिसकेपछि जनताको बीचमा जाने, कहाँ, कसको के समस्या छ भनेर सबैलाई राखेर छलफल गरेर मात्र अगाडी बढ्ने भन्ने छ ।’

चुनाव जित्ने आधार बारे : ‘चुनाव जित्ने आधारहरु त प्रसस्तै छन् । पाँच दलीय गठबन्धन जुन बनेको छ त्यो नै हाम्रो जीतको आधार हो । यो अहिलेको राष्ट्रिय आवश्यकता हो । प्रतिगामी विरुद्धको आन्दोलन हो । प्रतिगामीका पक्षमा नेपाली जनता छैन भन्ने नै हाम्रो विश्वास हो । त्यसैले गर्दा जितिन्छ भन्ने लाग्छ ।’

अनियमित्ता नियन्त्रण बारे पुनको भनाई थियो : ‘यसलाई हामीले पाँचवटा बुँदामा मुख्य टिपोट गरेकाछौँ । जैमिनी नगरपालिकामा मात्र होईन हाम्रो नेपालको प्रणाली भित्र नै घुस, भ्रष्टाचार, कमिसन, ढिलासुस्ति र अनियमितता यो पाँच कुराले नै नेपाली जनतालाई समस्यामा पारेका छन् । यसको विरुद्ध समीक्षा गर्ने र यसलाई तोड्ने प्रयत्न गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार