
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।
मन्त्रिपरिषद् बैठकले आगामी जेठ ४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले जेठ ४ गते अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बजेट अधिवेशन बोलाउने गर्ने निर्णय गरेको खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए।
उनले संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी अधिकारी समक्ष सिफारिस गर्ने निर्णय गरिएको पनि जानकारी दिए।
















