
काठमाडौं । प्रशासनले स्थानीय तह निर्वाचनभर मादक पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा रोक लगाइएको जनाएको छ।
वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै, प्रशासन कार्यालयले निर्वाचन हुने दिन बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म चलाउन नपाइने बताएको छ ।















