उपमेयरकी उम्मेदवार कुर्मीको निधन, बुहारीले पाइन् टिकट

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ ।

बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी कुर्मीको सोमबार राति हृदयघातका कारण निधन भएको जनाइएको छ । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन् । कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ ।

बुहारीले पाइन् टिकट,

नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो ।

आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । आयोगको नयाँ निर्वाचन कार्यतालिका अनुसार कांग्रेसले रितालाई उपमेयरको उम्मेदवार दर्ता गराएको हो । महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिइन् ।

आयोगले ३ जेठमा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको महाराजगञ्ज नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार