प्यूठानमा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ । प्रत्यक्ष दर्शिका अनुसार गाउँपालिका निवर्तमान प्रमुख झगबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले सो घटना घटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार