राष्ट्रिय जनमोर्चाको हालसम्म चार प्रमुख र दुई उपप्रमुखमा विजय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०७९को स्थानीय चुनावमा देशका विभिन्न जिल्लाहरुबाट विजयी प्राप्त गरेको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार बाग्लुङको जैमुनी नगरपालिकामा मेयर, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयर, प्युठानको मल्लरानी गाउँपालिकामा प्रमुख, बाग्लुङको बरेङ गाउँपालिकामा प्रमुख, प्यूठानको स्वर्गद्धारी नगरपालिकामा उपमेयर, प्यूठानको ऐरावती गाउँपालिकामा उपप्रमुखमा विजयी भएका छन् ।

बागलुङको जैमिनी नगरपालिकामा भारी मतान्तरसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुन निर्वाचित हुनुभएको छ ।पुनले ८ हजार ७५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ हजार ८७३ मत ल्याउनुभएको छ ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरिहर शर्माले ९ हजार १७३ मत ल्याई विजयी हुनु भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापाले ८,३२४ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दीले भन्दा ८०० मत बढी प्राप्त गरेर विजय हासिल गर्नुभएको हो ।

मल्लरानी गाउँपालिकामा राजमोका उम्मेदवार कृष्ण वहादुर खड्का ३ हजार २३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले २ हजार ८०२ मत प्राप्त गर्नुभयो । गाउँपालिकामा राजमोको नेतृत्वको गठवन्धन विजयी भएको हो ।

बाग्लुङको बरेङ गाउँपालिकामा राजमो उम्मेदवार कृष्ण प्रसाद शर्माले ३६ सय १ मत ल्याएर विजयी हुनुभएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित शर्मा यसअघि पनि सोही पालिकाको अध्यक्ष हुनुहुन्थ्यो ।

त्यसैगरि स्वर्गद्वारी नगरपालिकाको उपमेयरमा राष्ट्रिय जनमोर्चाका मिनराज राना निर्वाचित हुनुभएको छ । रानाले ७ हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

स्वर्गद्वारीमा राजमोले तीनवटा वडाअध्यक्ष जितेको छ । वडा नं २ को अध्यक्षमा बुद्धिराम पुन, ६ नं मा गिरबहादुर गुरुङ र ८ मा खोप बहादुर राउत निर्वाचित हुनुभएको छ ।

त्यसैगरि ऐरावति गाउँपालिकामा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित विजयी हुनुभएको छ ।

त्यस्तै प्यूठानको झिम्रुक गाउँपालिकामा प्रमुख, बाग्लुङको बडिगार्ड गाउँपालिकामा उपप्रमुख र काठेखोला गाउँमालिकामा पनि उपप्रमुखहरु मतगणनामा अगाडि चलिरहेको जानकार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार