
बागलुङ । बागलुङका १० स्थानीय तह मध्ये मत गणना गर्न बाँकी रहेको बडिगाड गाउँपालिकामा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन वन विजयी भएका छन् ।
वनले ६ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मिन कुमारी माझीले ५ हजार ६ सय मत प्राप्त गरेकी छिन् ।
अध्यक्षमा नेपाली काँग्रेसकी गण्डकी थापाले ७ हजार १ सय ३३ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका राजन पाईजाले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।
















