
दाङ । माटोको इट्टालाई सुन भनेर बेचेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ तुलसीपुर बजारमा रहेको एकान्त होटलबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ५ खांग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यानको शारदा गाउँपालिका १ की ४९ वर्षीया साबित्रा बुढाथोकी र सल्यान कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका छन् ।
सुरुमा उनीहरुले सानो टुक्रा नमुनाको रुपमा देखाउने र पछि इट्टा बेचेर ठग्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
उनीहरु बसेको होटलको १०३ नं कोठामा खानतलासी गर्दा प्रहरीले जेब्रा झोलामा माटोको २ वटा ईट्टा फेला पारेको थियो ।
















