वेलेटबक्समा मतखसालेको उपहार जनतालाई मृल्यवृद्धी दियो सरकारले : जिसी

बुटवल, जेष्ठ ११ गते । लुम्बिनी प्रदेशको बजेट अधिवेशनलाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चा कि प्रदेश सांसद मा. तारा जिसीले जनताले वेलेटबक्समा मत खसाल्ने बित्तिकै पेट्रोलियम पदार्थमा सर्वसाधारणको ढाँड सेकिने गरि २-२ पटक गरिएको मुल्य वृद्दी तत्काल खारेज गर्न माग गर्नुभएको छ । व्यवस्था संघीयता जस्तो खर्चिलो रोज्ने र त्यसलाई धान्न दैनिक जसो मूल्य वृद्धि गरेर सरकारले जनजीवनमा निराशा र संशयको वातावरण पैदा गरेको बताउनुभयो ।

यो हाम्रो कार्यकालको अन्तिम बजेट अधिवेशन पनि हो । पाँच बर्षे अवधिमा प्रदेशको पहिचान झल्कने गरि यहि बृहत योजना अगाडि सार्यौं र सम्पन्न गर्यौं भनेर गर्व गर्ने एउटा पनि उदाहरण नभएको बताउदै- भष्टाचार, सेटिङ, माफियातन्त्र, सिन्डिकेट यो देशकै प्रमुख समस्या हो । यो हामी सबैलाई जानकारी छ । यसलाई रोक्न प्रदेश बनेपछि जनताले सुन्ने गरि, बुझ्ने गरि वा अनुभव हुने गरि के गर्यौं हामीले ? यो पाँच बर्षमा नेतृत्व गरेका दूबै सरकारले जनतालाई जवाफ दिने केही छ ? भनी राजमो नेतृ जिसीले प्रदेश सभामा प्रश्न उठाउनुभयो ।

संघ, प्रदेश र स्थानीय तहले के के गर्ने सिमा त निर्धारण गरिएको छ तर सत्ता स्वार्थ र भोट बैंकको लागि एक लाखसम्मको बजेट विनियोजन पनि प्रदेश सरकारले गर्ने गरेको छ, यो टोल विकास संस्था हो कि प्रदेश सरकार भन्न सकिने अवस्था छैन भनि सरकारको कार्यशैलीप्रति कटाक्ष गर्नुभयो ।

हाम्रो प्रदेशमा ६ तराई र ६ पहाडी र हिमाल सहितका जिल्ला छन्, पहाडी जिल्लामा पूर्वाधार विकासमा धेरै जोड गरेको पाईन्छ । आवश्यता अनुसार त ठिकै हो तर अनावश्यक र जहातहीको भद्रगोल निर्माण कार्यले ठूलो जोखिम निम्ताएको छ,त्यसबारे सहि कार्यविधि अपनाउन र नियमनमा ध्यान जान जरुरी छ । पहाडी जिल्लाहरूमा निर्माण गरिने असारे विकास र सड्कमा नालीको व्यवस्था नगरिदा जनताको पैसा बर्षे भेलले बगाएर समाप्त गर्ने गरेको छ । काम थोरै भए पनि गुणस्तरीय र टिकाउ गर्ने गराउने तर्फ प्रदेश सरकारको ध्यान जान जरुरी छ भन्दै नेतृ जिसीले ध्यानाकर्षण गराउनुभयो ।

पिछडिएको क्षेत्रलाई पनि समानताको अनुभूति हुने गरि सन्तुलित विकास नीति र प्रदेशका योजनाहरू टोले योजनाहरू जस्तो छरेर होईन, सबै जिल्ला, क्षेत्र समेट्ने गरि बृहत प्रकारका र गुणस्तरीय कार्यको थालनीको सुरूवात गरि हाम्रो कार्यकालको भोली आउने नेतृत्वले सिको गर्ने गरि छाप छोड्न जरुरी भएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका कारण प्रतिगामीहरू केही साइजमा आएको तथ्य औंल्याउँदै गठबन्धनलाई अझै व्यवस्थित र इमानदारीपूर्वक अगाडि बढाए मात्र प्रतिगमन सम्पूणर् रूपमा परास्त गर्न सकिने राजमो नेतृ जिसीले वताउनु भयो । प्रदेश सभाको अर्को र्बैठक जेठ १३ गते बस्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार