संघीयताको भारी बोक्न सकिँदैन : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विकास बजेट कटौती गरेर संघीयता थेग्न नसकिने बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बिहीबार सहभागी हुँदै सांसद पौडेलले प्रदेश संरचना थेग्न नसकिने भएकाले खारेज गरिनुपर्ने बताउनुभयो ।

‘प्रादेशिक संरचनाले अनुत्पादक क्षेत्रमा ठूलो बजेट गएको छ’ पौडेलले भन्नुभयो, ‘यसले विकासमा दिने बजेटसमेत कुण्ठित भएको छ । प्रदेश संरचना धान्दैमा विकास बजेट सकिँदैछ। त्यसैले त्यस्ता संरचना खाजेर हुनुपर्छ।’

यस्तै, पौडेलले नागरिकता सम्बन्धमा आफूले संशोधन प्रस्ताव पेश गरेको उल्लेख गर्दै नागरिकता वंशज र अङ्गिकृतको आधारमा मात्रै वितरण गर्ने गरी नागरिकता ऐन कठोर बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

सांसद पौडेलले नेपाल–भारत सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । भारतसँगका असमान सन्धि खारेज हुनुपर्नेमा उहाँको जोड थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार