अन्तर्घात गरेको भन्दै कांग्रेसले गर्‍यो गाउँपालिका उपप्रमुखलाई कारबाहीको सिफारिस

दाङ । नेपाली कांग्रेस बबई गाउँपालिका कार्य समितिले उपप्रमुख बमकुमारी खड्कासहित ६ जनालाई कारबाही गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेको छ ।

उनीहरुले १५ जेठमा भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको गाउँ समितिको ठहर छ ।

बबई गाउँपालिका उपाध्यक्ष खड्कासहित ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने गाउँ समितिको माग छ ।

स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेका निर्वाचित भएका थिए ।

तर बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित  कांग्रेसबाट विजयी जनप्रतिनिधिले अर्को पार्टीका उमेदवारलाई भोट हालेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार