सात महिला संगठनद्वारा सुन्दरी प्रतियोगिता खारेज गर्न माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घसहितका सात महिला सङ्गठनहरूले सुन्दरी प्रतियोगिताको विरोध गर्दै त्यसको खारेजीको माग गरेका छन् ।

आगामी असार ४ गते हुन गइरहेको सुन्दरी प्रतियोगिताको २०७९ जेठ २७ गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले विरोध व्यक्त गरेका हुन् ।

प्रेसवक्तव्यमा सुन्दरी प्रतियोगिताको नाममा महिलाको अङ्ग प्रदर्शन गर्ने भद्दा अश्लील कार्य भइरहेको उनीहरूको दाबी छ । यस्ता कार्यमा लाग्नुको सत्ता महिला बेचबिखन, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न तथा पीडितलाई उचित न्याय दिलाउन पनि वक्तव्यमा अपिल गरिएको छ ।

प्रेसवक्तव्यमा अखिल नेपाल महिला सङ्घकी मीना पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अम्बिका मुडभरी, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी बन्धु चन्द, वैज्ञानिक समाजवादी महिला सङ्गठनकी धनकुमारी सुनार, नेपाल महिला फेडरेसनकी आशा महर्जन, अखिल नेपाल महिला युनियनकी सीता सुवेदी र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी धनकुमारी मगरको हस्ताक्षर रहेको छ ।
यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार