१५ वर्षीया किशोरीलाई भारत लगेर अलपत्र, युवकको खोजीमा प्रहरीसँगै मूल प्रवाह

चंडिगढ । भारतको हरियाणा राज्यको अम्बालामा १५ वर्षीया एक किशोरी अलपत्र परेकी छन् । ती किशोरीलाई गत महिना नेपालबाट ललाइ फकाई ल्याएर अलपत्र छोडी युवक फरार भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जनाएको छ ।

सुनसरीकी ती किशोरीलाई अलपत्र पार्ने दिनेश नाम गरेका व्यक्तिको नेपाल प्रहरी र भारतीय प्रहरीले सहकार्य गरेर खोजी गरिरहेको छ भने खोजीमा मूल प्रवाहले सहयोग गरेको क्षेत्रीय सदस्य प्रेम रसालीले बताउनु भएको छ।

चाइल्ड हेल्पलाइन, एन्टि ट्राफिक ह्युमन र अम्बाला पुलिसले पोल्टिफार्मबाट रेस्क्यु गरिएको भनिएकी हिन्दी बोल्न नजान्ने किशोरीलाई अम्बालामा ल्याइएकोबारे प्रहरीले अनुसन्धान गरि रहेको छ ।

मूल प्रवाह अम्बाला नगर समितिका अध्यक्ष कमल सुवेदीको नेतृत्वमा धनबहादुर खडका, बाबुराम शर्मा र प्रेम रसालीले प्रहरीसँग समन्वय गरी खोजी कार्यमा जुट्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार