#राजकमल दत्त
आगरा, २७ जुलाई । हालै संसदमा पास गरिएको नागरिकता संशोधन विधेयक राष्ट्रघाति भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । खनालले सो धारणा समाजको आगरा नगर समितिद्धारा आयोजित विरोध सभालाई सम्बोधनका क्रममा राख्नुभएको हो ।
‘विरोध सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै खनालले देउवा सरकारले नेपाली नागरिकता प्रमाण पत्रलाई गोरख धंधाको रुपमा उपयोग गर्ने कोशिस गरेको छ ।’ अध्यक्ष खनालले भन्नु भयो- ‘यो नागरिकता विधेयक नेपाल राष्ट्रको एकता, अखण्डता, सार्वभौंमसत्ता र स्वतन्त्रता माथि कुठाराघात पुराउने राष्ट्रघाती विधेयक सिद्ध भएको छ ।’ यस विधेयकको आडमा विदेशी नागरिकहरुलाई सरलताको साथ नागरिकता बेच्ने काम भै रहेको खनालको भनाई थियो ।
‘हालै संसदबाट पास गरिएको नागरिकता विधेयकले बिदेशी नागरिकहरुलाई देशको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका लगायतको उच्च ओदाहमा पुग्ने छन् ।’ खनालले भन्नु भयो- ‘त्यस्तैले यो विधेयकले नेपालको मूल निवासीहरु अल्पमतमा पर्ने छन् र नेपाली राष्ट्रियता माथि ठुलो कुठाराघात पुग्ने छ । यदि यसलाई समयमै अंकुश नलगाए नेपाली राष्ट्रियता गुम्ने छ ।’
भारी बर्षाको कारण अधिक संख्यामा जनमानसको सहभागिता हुन नसके ता पनि आगरावासी नेपाली श्रमिकहरुले आ-आफ्नो स्थानबाट अत्याधिक रोष प्रकट गर्दै राष्ट्रघाती नागरिकता विधेयकलाई सांकेतिक रूपबाट पुरजोर विरोध गरेका छन् ।
नगर अध्यक्ष मिठू के.सी.को अध्यक्षताबाट अगाडि बढेको सो विरोध कार्यक्रममा नगर समितिका उपाध्यक्ष प्रताप सिंह पाण्डे, कोषाध्यक्ष दीननाथ थापा, केन्द्रीय समिति वैकल्पिक सदस्य ध्रुव शाह, केन्द्रीय परिषद सदस्य राम बहादुर के.सी., नगर समिति आगराका इन्द्र प्रसाद कोइराला आदिले मन्तव्य दिनुभएको थियो ।