भिवानी नगर समितिद्वारा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

भिवानी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा राष्ट्रघाती नागरिक बिधेयक विरुद्ध कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य शालिकराम आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।

त्यस्तै मूल प्रवाह केन्द्रीय परिषद सदस्य बि.वि. कोपिला, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय सदस्य मनिराम अधिकारी, मूल प्रवाह केन्द्रीय महिला विभाग सदस्य हस्तुदेबी विक, विद्यानगर टोल समितिका अध्यक्ष धन बहादुर सोमै मगर रहनु भएको थियो । नगर अध्यक्ष मोहन सिंह विकको अध्यक्षतामा र नगर सचिव भिम बहादुर रायमाझीले सञ्चालन गर्नुभएको थियोे । उक्त कार्यक्रममा शहिदहरुको सम्मानमा एक (१) मिनेट मौनधारणाबाट अगाडि बढेको कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई मूल प्रवाह जनजाति विभाग सदस्य तुल बहादुर गाहाले स्वागत गर्नुभएको थियोे ।

अथितिहरुले देशमा भैरहेको राजनीति, भौगोलिक, खुला सिमाना एवं नाकाबन्दी बारेमा आ-आफ्ना भनाईहरु राख्नुभएको थियो । राष्ट्रघाती नागरिकता बिधेयक खारेज गर्नु पर्नेमा जोडदिंदै कडा बिरोध गर्नुभएको थियोे । राष्ट्रघाती नागरिकता बिधेयक खारेज गर भन्ने मूल नाराका साथ कार्यक्रम समापन भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार