
बागलुङ । जैमिनी नगरपालिकाका मेयर नर बहादुर पुनले आफुले आवास लगायतका सुविधा नल्याउने बताएका छन् । पुनले आवास सुविधा पालिकाका कर्मचारीलाई पनि नदिने बताएका छन् ।
जनप्रतिनिधि र कर्मचारीलाई कानुनी रुपमा आवासको सुविधा नरहेको बताउँदै उनले त्यो सुविधा आफुले पनि नल्याउने र अन्यलाई पनि नदिने बताए । उनले अवासको लागि मात्र बार्षिक ७ लाख रुपैयाँसम्म खर्च हुने गरेको बताउँदै आवास सुविधा उपभोग नगर्ने बताए ।
‘जनप्रतिनिधि र कर्मचारी कसैलाई पनि आवासको सुविधा दिने कानुनी व्यवस्था रहेनछ’ उनले भने–‘कानुनले नमिल्ने भनेको कुरालाई हामीले गर्दैनौँ, त्यसैले आवास सुविधा लिदैनौँ ।’
उनले आवास सुविधाको लागि खर्च हुने दुई बर्षको पैसाले आवास भवन नै बन्ने बताउँदै त्यसको लागि तयारी भईरहेको बताए । उनले अबको एक बर्षमा नै आवास भवन तयार पारिने बताए । उनले प्रशासन चलाउनेले बाहेक आवास सुविधा नपाउने बताए ।
उनले कानुनले व्यवस्था नगरेको प्रेस सल्लाहकार नराख्ने बताए । कानुनी व्यवस्था नभए पनि कतिपय पालिकामा विभिन्न पद सृजना गरि प्रेस सल्लाहकार राख्ने गरिएकोमा त्यस्तो कार्य गैर कानुनी भएको बताउँदै उनले त्यस्तो कार्य नदोहोराउने बताए ।
उनले प्रदेश सरकारले तोकेको तलबभत्ता बाहेकका अन्य सुविधा नल्याउने बताए । ‘प्रदेश सरकारले तोकेको तलबभत्ता बाहेकका सुविधा मैले ल्याउँदिन’ उनले भने–‘कार्यपालिकाको बैठकको भत्ता मात्र ल्याउँछु, अरु ल्याउँदिन ।’
















