राष्ट्रियता गम्भिर खतरामा पर्दैछ, नागरिकता विधेयक खारेज गरौं : पुन

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा सभा सम्पन्न भएको छ । सभा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समिति र ओखला नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सभामा समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगरको प्रमुख आतित्थ्यता रहेको थियो । सरकारले चालेको कदमले देश फिजीकरण हुँदै सिक्किमीकरण हुने खतरा भएकोले नागरिकता विधेयक खारेजीको आन्दोलनमा शरीक हुन सम्पूर्ण देशभक्त जनसमुदायलाई पुनले आह्वान गर्नुभएको थियो ।

‘एमसीसी सम्झौता पारित गरेर नेपाललाई अमेरीकी क्याम्पमा लैजाने प्रयत्न गरियो । अहिले नागरिकता पास गरेर नेपाललाई फिजी हुँदै सिक्कीम बनाउने षडयन्त्र गरिंदै छ ।’ पुनले अगाडि भन्नु भयो- ‘नागरिकता जस्तो कुरालाई अहिलेको सरकारले छलफल नगराई जबरजस्ती पास गर्नुले यो सरकारको राष्ट्रियताप्रतिको चरित्र स्पष्ट भएको छ, यदी सरकारको रबैया यस्तै रहे यो सरकरलाई पनि नेपाली जनताले सत्ताच्यूत गरिदिने छन् ।’

‘एकता समाजको विरासत र इतिहाँस आन्दोलनसँग जोडिएको छ, जतिजति वेला देशको जनतन्त्र तथा जनजिवीका र सार्वभौमिकता माथि हमला हुन्छ त्यसको विरुद्धमा एकता समाजले निरन्तर आवाज उठाउँदै आएको छ ।’ पुनले अगाडि भन्नु भयो- ‘एकता समाजको यहि विरासतलाई धुमिल पार्न कतिपय गिरगिट जस्ता रंग बदल्ने विरोधीहरु लागिपरेका छन् । उनीहरुको मुख्य उदेश्य संगठनको छविलाई धुमिल पार्नु नै हो ।’ जनतन्त्र तथा जनजिवीका र सार्वभौमिकता माथि हमलाको मौन दर्शक भएर हेर्न नसक्ने पुनको थप भनाई थियो । ‘आन्दोलन अझै सशक्त पारेर लैजाने छौं ।’

त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य शिव केसी, केन्द्रीय सल्लाहकार विन बहादुर केसी, तिलक पाण्डे, केन्द्रीय परिषद सदस्य मुक्ति भुसाल, पश्चिमोत्तर क्षेत्रीय समितिका पहलसिंह परियार, नगर समितिका सन्दीप भाट, लालीगुराँस युवा कलवका गणेश खड्का लगायतले मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले नागरिकता जस्तो सम्वेदनशिल विषयमा सरकार गम्भिर बन्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम नई दिल्ली नगर समितिका उपाध्यक्ष तिलक पाण्डेको अध्यक्षता र नगर सचिव विष्णु खनालको सञ्चालन एवं ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारणबाट अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार