
काठमाडौं । नेकपा (मसाल) ले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता पठाउनु स्वागतयोग्य भएको बताएको छ ।
आइतबार एक वक्तव्य प्रकाशित गरी मसालले सो विधेयक खारेज गर्न अपील समेत गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैद्वारा पारित नागरिकता विधेयक राष्ट्रघाती भएको र त्यसका दीर्घकालिन दुश्परिणामहरू हुने कुरा निश्चित छ । त्यो विधेयकलाई राष्ट्रपतीले प्रमाणित नगरेर पुर्नविचारका लागि संसदमा नै पठाउने जुन कार्य गरिएको छ, त्यसलाई हाम्रो पार्टी स्वागत गर्दछ र सबै सांसदहरूसित त्यसबारे पुर्नविचार गरेर त्यसलाई अस्वीकार गर्नका लागि हामीले अपील गर्दछौँ ।’
विवादित नागरिकता विधेयकलाई सरकारले प्रक्रिया मिचेर संसदका दुवै सदनबाट पारित गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएको थियो । राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगरी आज फिर्ता पठाइदिएको हो ।
















