करनालमा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

करनाल । मूल पवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत करनाल नगर समितिको आयोजनामा रास्ट्रघाती नागरिकता बिद्येकको विरुद्धमा सभा सम्पन्न भएको छ ।

सञ्चालन मान सिंह जिसिले र अध्यक्षता – राम बहादुर नेपालीले गर्नु भएको सो कार्यक्रममा केन्द्रीय सदस्य बिक्रम सिंह राणा, क्षेत्रीय महिला बिभागकी फूल माया जिसिले अतिथि आसनग्रहण गर्नु भएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि टीकाराम बिकले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा बिक्रम सिंह राणा, फूल माया जिसि, सदस्य नगर महिला विभाग मिना बस्नेत लगाएतले मन्तव्य दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार