पश्चिमोत्तरका अधिकांश नगरहरुमा तीज मनाइयो

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा तीजि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन शान्ता भुसाल तथा मायाँ बिसी अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल प्रमुख आतित्थ्यता रहेको थियो ।

त्यस्तै केन्द्रीय बैकल्पिक सदस्य बाबुराम विष्ट, अतिथि के पार्षद विष्णु बिसी, पश्चिमोत्तर क्षेत्रीय समितिका धर्म खनाल, नगर समितिबाट मानसिंह विष्ट, भूत पूर्व के अध्यक्ष लिलानाथ कुसुमर्की श्रीमती कमला कुसुम, नगर समितिबाट सूर्य बहादुर क्षेत्री, विद्यार्थी विभागबाट अजय रेश्मी, नगर समितिबाट तामाराम शर्मा लगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा एक मिनेट मौनधारण पछि शकुन्तला थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि के उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो । त्यस्तै बाबुराम विष्टले शुभकामना मन्तव्य दिनुभएको थियो ।

करनाल ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज करनाल नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष विक्रमसिंह राणाको प्रमुख आतित्थ्यता रहेको थियो । राणाले सो अवसरमा महिला अधिकार लगायत हरितालिका तीजको अवसरमा शुभकामना दिनुभएको थियो ।

मानसिंह जिसीको सञ्चालन एवं फूलमायाँ जिसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई मिना बस्नेतले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नगर अध्यक्ष रामब हादुर नेपालीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

नयाँ दिल्ली ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समिति अन्तरगत महिला विभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम महिला विभागकी संयोजक सीता के.सी.को अध्यक्षता र लक्ष्मी खडायतको सञ्चालनमा अथितीहरूको आसन पछि बिस्नी रायमाझीले स्वागत गर्नु भयको थियो ।

कार्यक्रमको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य शिव के.सी.ले उद्घाटन गर्नु भएको थियो । उहाँले आफ्नो उद्घाटन मन्तव्यमा हामी प्रवासमा रहेता पनि आफ्नो मातृभुमी मातृभाषा संस्कृतिलाई भुल्न नसक्ने बताउनु भयो । आफ्नो गाँउको झल्को मेटाउन हामी नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्ना दुःख र बेदनाहरु मेटाउन समाजमा संगठित हुँदै नेपाली चाड पर्वहरु प्रगतिशिल रूपमा मनाउने गरेका छौं ।

त्यसै क्रममा महिलाहरुको महान पर्व हरितालिका तीजमा प्रगतिशील तीजि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । हामीहरु केवल मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएर मात्रै पुग्दैन देशको राष्ट्रियता, जनताको मौलिक हक अधिकारको लागि आवाज उठाउन जरुरी छ । सम्पूणर् उपस्थित महिला दिदीबहिनी दाजुभाइहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्ध हुन आव्हान गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार एवं नगर अध्यक्ष विन बहादुर केसीको पनि आतिथ्यता रहेको थियो । दक्षिणी दिल्लीको एण्ड्यूजगञ्जस्थित समाज कल्याण केन्द्रको हलको मैदानमा सम्पन्न कार्यक्रममा हजारौं जनसहभागिता रहेको थियोे ।

भिवानी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति तथा नगर महिला बिभागले नेपाली नारीहरुको महान पर्व प्रगतिशिल हरितालिका तीजि कार्यक्रम भब्य र सान्दार रुपमा सम्पन्न पारेको छ ।

उर्मिला देविकोपिलाको अध्यक्षता र कमला परियारको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।

मूल प्रवाह केन्द्रीय परिषद तथा पश्चिमोर क्षेत्रीय समिति सदस्य मनिराम अधिकारीको प्रमुख अथिति रहेको थियोे । मूल प्रवाह क्षेत्रीय महिला बिभाग संयोजक सदस्य श्रीमती हस्तु देबि वि.क., केन्द्रीय परिषद तथा भिवानी नगर समिति सदस्य बिबि कोपिला, नगर समिति अध्यक्ष मोहन सिंह वि.क., ईत्यादी अथिती आसन ग्रहण गर्नु भएको थियो ।

एक मिनेट मौन धारणा राख्दै उपस्थित महिला दिदिबहिनीहरुलाई शुभकामना तथा स्वागत अमृता सुनारले गर्नु भएको थियो । मौलिक तिज गीत गाएर दिदी- बहिनीहरुले सामुहिक नृत्य गर्नुभएको थियो ।

गुडगाव ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समिति अन्तर्गत रहेको महिला विभागको आयोजनामा तीजि कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम विभागकी संयोजक शुमित्रा थापाको अध्यक्षतामा र सचिव सुरज गतराजको सञ्चालनमा अगाडि बढेको थियो ।

अतिथि केन्द्रीय समितिका शेर बहादुर थापा, राम बहादुर गौतम, क्षेत्रीय समितिका रन बहादुर थापा, कमल रायमाझी, राम बहादुर विक, महिला क्षेत्रीय विभागका मिना परियार र माया विकले अतिथि आसनग्रहन पश्चात विभागकी सदस्य सिता गतराजले स्वागत गर्नु भएको थियो ।

चरखी दादरी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति दादरीको आयोजनामा सञ्चालित प्रगतिशिल तीजि कार्यक्रम भब्य तरिकाले सम्पन्न गरेको छ । नगर संगठन समितिका अध्यक्ष कबिर विकको अध्यक्षता र किसन विकको सञ्चालनमा भएको थियोे ।

संसारका चिर परिचीत शहितप्रति एक मिनेट मौनधारणा राख्दै कार्यक्रम अघि बढेको थियो । मूल प्रवाह केन्द्रीय समितिका सदस्य सालिक राम आचार्यको प्रमुख अथिति रहेको थियो । अथितीमा निशा रेश्मि मगर र विकाश मल्लठकुरी रहनु भएको थियोे ।

स्वागत लिला सिंहले गर्नुभएको थियो । उक्त कार्यक्रमको उद्घाटन क्याण्डल जलाई शालिकराम आचार्यबाट उद्घाटन भएको थियोे । बुधराम विक, ईन्द्र बहादुर बाठामगर र भिम बहादुर विकले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

आगरा ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति आगराको आयोजनामा हरितालिका तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

नगर अध्यक्ष मिठू केसीको अध्यक्षता र संचालन नगर सचिव लाखन परियारले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई नगर उपाध्यक्ष प्रताप सिंह पाण्डेले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य धु्रव शाह, केन्द्रीय परिषद सदस्य राम बहादुर केसी, महिला विभाग अध्यक्ष देवी शाह, नगर समितिका पूरन चन्द्र सोनी, गोठे विश्वकर्मा, श्री विनोद परियार र श्री सत्येन्द्र दसौदी आदिले कार्यक्रममा शुभकामना दिनुभएको थियो ।

रोहतक ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत महिला विभागद्वारा ३० अगस्त छोटुराम धर्मशालामा प्रगतिशील तीजि कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम नगर महिला विभागकी संयोजक श्रीमती सिता परियारको अध्यक्षतामा संसारका चिरपरिचित शहिदको सम्झनामा एक मिनेट मौनधारण पछि उद्घाटन क्षेत्रीय सदस्य रेशम विक र मोहन सिंह विकले संयुक्त रुपमा गर्नुभएको थियो।

कार्यक्रममा क्षेत्रीय सदस्य रेशम विक, मोहनसिंह विक, नेपाली एकता सम्वाददाता धर्म सुनार, नगर समितिका गणेश शर्मा, सुभाष गौतम, विक्की परियार, ओमनाथ भट्टराई, सन्तराम विक, गणेश गौतम, टाम बहादुर परियार, लक्ष्मी मल्ल ठकुरी, राम बहादुर थापा, विना विक, खेम बहादुर कुमाल, गिता परियार, बोबी पन्थी र मोहन सिंह विकद्वारा सम्बोधन गरि महिलाहरुलाई हरितालिका तीजको शुभकामना दिनुभएको थियो।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा काम गर्दै आउनुभएका मोहन सिंह विकले आफ्नो कार्यक्षेत्रबाट अवकाश प्राप्त भए पछि स्वदेश नेपाल बस्ने निश्चित भएको हुँदा समाजमा उहाँले पुराएको योगदानको सम्मान गरिएको थियो । नगर समितिका कावा अध्यक्ष सुभाष गौतम र सदस्य गणेश शर्माले नगर समितिको तर्फबाट दोसल्ला ओढाउनुभएको थियो । नगर समितिका साथीहरुले फुल माला अबिर लगाएर उहाँलाई बिदाई गरिएको थियोे ।

तीजि कार्यक्रममा उपस्थित जनसमुदायलाई समाजको तर्फबाट श्रीमती उषा विकले शब्दद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव बलबहादुर विकले गर्नुभएको थियो ।

अन्तमा अध्यक्ष सिता परियारले कार्यक्रममा सहभागी हुनुभएका महिला दिदी बहिनीहरुलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिको आयोजनामा २०७९ को तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

राम प्रसाद धमालाको सञ्चालन र मायाँ थापाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात-अज्ञात शहिदहरुको एक मिनेटको मौनधारण पछी समता विभागबाट नन्दू नेपाली, जनजाति विभागबाट क्षेत्रीय विभागबाट सुनिल थापा, मूल प्रवाहबाट दिल्ली नगर समिति अध्यक्ष राम प्रसाद धमलाले शुभ-कामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा दिल्ली नगरका, प्रेम खनाल, नरेन्द्र अधिकारी, बिशाल खनाल, डोलराज शर्मा, आईपी खनाल, प्रवाह थापा, सुनिता थापा, सुनिता धमाल, सुनिता पुन, ईन्द्रा मल्लको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार