हार्दिक श्रद्धाञ्जलि

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिका कार्यकर्ता राजेश सोनीका पुज्यनीय पिता एवं हाम्रो संगठनका पूर्व सदस्य विजेन्द्र सिंह सोनीको ६५ वर्षको उमेरमा निधन सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समिति स्तब्ध छ ।

सोनीको नमजा, रोल्पा निवासी भई हाल लामो समयदेखि जवाहर नगर, आगरामा रहँदै आउनु भएको थियो । वहाँको दिनांक १० सितम्बर २०२२ शनिवारको दिन दुःखद निधन भएको थियो । विजेन्द्र सिंह सोनी एक हक्की, मिलनसार, हंसमुख र सामाजिक कार्यहरुमा सदैव महत्वपूणर् भूमिका निभाउने व्यक्तित्वको धनी हुनु हुन्थ्यो । सोनीले एकता समाजमा विभिन्न पदहरुमा रहेर समाज सेवा गर्दै संगठनलाई मजबूत बनाउने अतुलनीय भूमिका निभाउनु भएको थियो ।

सोनीको असामायिक निधनले परिवारमा पर्न गएको दुःखप्रति हार्दिक संवेदना प्रकट गर्दै मृतकप्रति भावपूणर् श्रद्धाञ्जली प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
आगरा नगर समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार