- बिकाश मल्ल ठकुरी
भिवानी । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीले आयोजना गरेको प्रगतिशील देउसी भैलो २०७९ सालको कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न पारिएको छ ।
मोहन सिंह वि.क.को अध्यक्षता र भुवन भण्डारीको सञ्चालकमा कार्यक्रम अगाडि बढेको थियोे । कार्यक्रममा समाजका केन्द्रीय सदस्य सालिकराम आचार्यको प्रमुख आतित्थ्यता रहेको थियोे । क्षेत्रीय महिला बिभागकी हस्तु देबि वि.क. र केन्द्रीय परिषद तथा भिवानी संस्थापक सदस्य बि.बि. कोपिला, समता विभागका गोर्वधन सुनार र महिला नगर विभागबाट उर्मिला कोपिला लगायतले अथिती आशन ग्रहण गर्नुभएको थियोे । एक मिनेट शहिदहरुको सम्झनामा मौनधारण पछि डिल बहादुर भट्टराईले शुभकामना तथा स्वागत गर्नु भएको थियोे ।
देशमा चलिरहेको प्रतिनिधि, प्रदेश निर्वाचनमा राजमोलाई जिताउन सम्पूर्ण प्रवासी नेपालीहरु स्वदेश फर्किन अतिथिहरुले आव्हान गर्नुभएको थियो । अतिथिहरुले राजमोको चुनाव चिन्ह गिलासमा भोट हाल्नका लागि जोड दिनुभएको थियो ।
मूल प्रवाहको महत्व र समाजले गर्दै आएको भुमिका तथा एकताको बारेमा प्रष्ट पार्नु भएको थियो । देउसी भैलो टिमबाट बिकाश मल्लले सहयोगार्थहरुको नामावली वाचन गर्नु भएको थियोे । सहयोग गर्ने सम्पुर्णलाई शुभकामना तथा बधाई दिनु भएको थियो ।
उत्त कार्यक्रम रक्तिमका कलाकार भाइ बहिनीहरुबाट गित तथा नित्य प्रस्तुति रहेको थियोे ।