नई दिल्ली, 7 नोवेम्बर 2022, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा 44 औं स्थापना दिवश भव्यताका साथ सम्पन्न भएको छ । विष्णु खनालको अध्यक्षता र पहल सिंह परियारको संचालनमा सम्पन्न कार्यक्रममा संगठनका अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य एवं क्षेत्रीय सहसचिव शिव केसी, केन्द्रीय सल्लाहकार एवं नई दिल्ली नगर अध्यक्ष बिनबहादुर कुँवर, महिला विभागबाट सरिता पुन, सांस्कृतीक विभागबाट निरूका पुनको अतिथी आसान पछि ज्ञात-अज्ञात सहिदहरू प्रति एक मिनेटको मौनधारण पछि समितिका उपाध्यक्ष तिलक खनालले सहभागीहरूलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा एकता समाजको स्थापनाबारे प्रकास पार्दै अध्यक्ष खनालले “मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना सामाजिक संगठनको रूपमा भएता पनि यसको पछाडी राजनैतिक उद्वेश्य थियो । कुनै पनि संघ संस्था गैर राजनैतिक हुदैन त्यसले कुनैन कुनै वर्ग समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरेकै हुन्छ । 2007 सालको प्रजातन्त्रको लागि भारतिय भुमिबाट राजनैतिक गतिविधीहरू भए नेपाली काग्रेस र कम्युनिष्ट पार्टीको गठन भारतमै भयो । त्यस समयमा पनि लाखौंको नेपालीहरू सख्यामा भारतमा रोजगार गरि जिवीको पार्जन गर्ने गरेको भएता पनि उनीहरूको हक-हित र सामाजिक उत्थानको लागि काम गर्ने कुनै संघ संस्था थिएनन् । 7 नोवेम्ब 1979मा एकता समाजको स्थापना त्यस दिशामा ऐतिहासिक कदम थियो । त्यस समयमा नेपालका कैयाैं राजनैतिक पार्टीहरूको प्रवासी नेपालीहरूलाई राजनैतिक आन्दोलनको अंगको रूपमा स्वीकार गरेका थिएनन् । एकता समाजको स्थापनाले तिनीहरूलाई गलत सबित गरि दियो । एकता समाजको स्थापना कालमा नेपालमा तानाशाही पंचायती व्यवस्था थियो । त्यसले गर्दा भारतमा पनि काम गर्न सजिलो थिएन, पंचायती व्यवस्थाको बिरोध गरेको राजाको बिरोध गरेको भनेर समाजमा संगठित हुने नेपालीहरूलाई तर्साउने धक्याउने मात्रै हैन हमला सम्म हुने गर्दथ्यो । दुतावासलाई प्रयोग गरेर सहिद सरोज शर्माको हत्या सम्म भएको थियो । निरंकुश पंचायती व्यवस्थाको अन्त पछि भारतमा खास गरि दिल्लीमा च्याउ उम्रे जस्तै अनेकौं संगठनहरू गठन भए । उनीहरूले नेपाली कला सांस्कृतीको प्रचार प्रसारको नाममा छाडा विकृत संस्कृतीलाई बढावा दिई रहेका छन, उनको उद्वेश्य के हो ? कुन वर्गको सेवा गरेकाछन ? संगठनले समाजमा भएका कुरिति कुसंस्कारको अन्तको लागि काम गर्नु पर्दछ । बहुसंख्यक शोषित पिडीत जनताको आवाजलाई सम्बोधन गर्नु पर्छ । मूल प्रवाह नेपाली एकता समाजका सबै सदस्यहरूले आम नेपालीहरूमा सामाजिक भावनाको विकासको लागि काम गर्नु र समाज परिवर्तनको लागि उत्तरदायी बन्नु पर्छ” भन्नु भयो ।
अध्यक्ष खनालले नेपालको राजनैतिक अवस्थाबारे जिकर गर्दै भन्नु भयो । अहिले प्रतिगामीहरू नेपाली जनताको हक अधिकारलाई कुचल्ले कोशिस गरिरहेका छन् । मूल प्रवाहको स्थापना काल देखिनै प्रजातन्त्रीक मुल्यमान्ताको पक्षमा आन्दोलन गरि रहेको सर्वविदितै छ । अहिले पनि राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता रक्षाको लागि प्रतिगमन विरोधी गठवन्धनलाई सघाउनु पर्छ भन्नु भयो ।
सभामा शिव के.सी, बिनबहादुर कुवर, नेरूका पुन, विजय भुसालले पनि सम्बोन गर्नु भएको थियो । सांस्कृतिक विभागका कलाकारहरूले बिचबिचमा सांस्कृतीक प्रस्तुति गरेका थिए ।