चेन्नाई उत्तरमा मूल प्रवाह को 44औं स्थापना दिवस कार्यक्रम भव्यरूपमा सम्पन्न

कोटी प्रसाद पोखरेल
चेन्नाई उत्तर, 7 नोवेम्बर 2022, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिको आयोजनामा ४४औ स्थापना दिवसको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी दक्षिण भारत क्षेत्रीय समितीका सदस्य लक्ष्मण चालिसे र अतिथी क्षेत्रीय समितीकै सदस्य काशीराम शर्माको आसनग्रहण पछि ज्ञात-अज्ञात सहिद प्रती एक मिनट मौनधारण भयो ।
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण चालिसेले मूल प्रवाहको स्थापनको बारेमा र मूल प्रवाहले प्रवासमा खेलेको भूमिकाबारे स्पष्ट पार्दै, मूल प्रवाहलाई समाप्त पार्न खोज्नेहरु इतिहासमा आफै समाप्त भएको भन्दै अझै पनि भ्रममा रहेका सम्पूर्ण जनसमुदायलाई मूल प्रवाहको झण्डा मुनि गोलवन्द हुन आग्रह गर्नु भएको थियो।
स्थापन दिवसको मन्तव्य राख्दै क्षेत्रीय सदस्य काशीराम शर्माले प्रवासमा रहेका नेपालीहरुको अबिभावको भूमिका स्थापन काल देखि खेल्दै आयको 43वर्ष पार गरि 44 वर्षमा प्रवेशसगै अझ उत्साह र उमंगका साथ प्रवासी नेपालीहरुको बीचमा झांगीएर जाने छ भन्दै मूल प्रवाहलाई आफ्नो अभिभावकको रूप लिदै सहयोग र समर्थनलाई निरंतता दिन आवहान्न गर्नु भयो । महिला विभागको तर्फबाट कमला सुनार, थमा सुनार, अलावरापेट एरिया समितिको तर्फबाट पितम सुनार लगायतले शुभकामना मनतव्य राख्नु भयको थियो ।
नगर समितिका उपध्यक्ष तेजेन्द्र थापाको अध्यक्षतामा र नगर कोषाध्यक्ष बिष्णु बहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आयोजक समितिका लक्ष्मण सुनारले सहभागी जनसमुदायलाई शब्दबाट स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार