
बागलुङ बजार । अखिल नेपाल महिला सङ्घ बागलुङको पाँचौँ जिल्ला सम्मेलनपछिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटाको प्रमुख आतिथ्यमा २०७९ पुस २३ गते शनिबार सो भेला सम्पन्न भएको हो ।
भेलाले लक्ष्मी बास्कोटाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला सङ्गठन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शान्तकला शर्मा, सचिवमा रुममाया थापा, सहसचिवमा तुलसा बस्याल र कोषाअध्यक्षमा आसा रोका रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा रुद्रा केसी, पुनिकला बुढा, विष्णु थापा, रिता खत्री, टुककुमारी (शुष्मा) श्रेष्ठ, पवित्रा छन्त्याल, मीना खत्री र लालमती थापा रहनुभएको छ ।
कार्यक्रममा अतिथि रहनुभएका राजमो बागलुङका उपाध्यक्ष धर्मबहादुर कुँवर, जातीय समता समाज बागलुङमा सल्लाहकार पवित्रा सुनारलगायतले देशको समसामयिक परिस्थितिबारे प्रशिक्षण दिनुभएको थियो ।
भेलाको अध्यक्षता आशा रोकाले, सञ्चालन रुममाया थापाले र स्वागत मन्तव्य रिता खत्रीले गर्नुभएको थियो ।
सचिव रुममाया थापाका अनुसार महिला सङ्घ बागलुङको गत पाँचौँ जिल्ला सम्मेलन २०७५ फागुन १८ गते भएको थियो ।















