चेन्नई पश्चिममा मूल प्रवाहको महिला विभाग गठन

कोटी प्रसाद पोख्रेल,
चेन्नई पश्चिम । २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति महिला विभागद्वारा संचालित चेन्नई पश्चिम महिला विभागको गठन सम्पन्न भएको छ ।

कमला शर्माको सञ्चालन र लोककुमारी थापाको अध्यक्षतामा अगि बढेको उक्त कार्यक्रमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य बुद्विराम पौडेल, किशोर शर्मा, नेत्रलाल शर्मा, क्षेत्रीय महिला विभागबाट चन्द्रिका पौडेल, रक्तिम विभागबाट डिल बहादुर जि.एम.ले अतिथि आशन गर्नुभएको थियो । कार्यक्रमलाई सुजाता शर्माले सहभागिहरुलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लोकेन्द्र पौडेलले महिलाहरुआ आफ्नो ठाउँबाट गोलबन्द भएर मूल प्रवाहमा आबद्ध भई महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउन आव्हान गर्नुभयो ।

केशमान नेपाली, बुद्विराम पौडेल, नेत्रलाल शर्मा, चन्द्रिका पौडेल, डिल बहादुर जि.एम., चेन्नई पश्चिम नगर समितिबाट दुर्गा बहादुर रायमाझी, प्रकाश नेपाली कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

भेलाले गुमा कुमारी शाहीको संयोजकत्वमा १७ सदस्यीय चेन्नै पश्चिम महिला विभाग केन्द्रीय सदस्य केशमान नेपालीले प्रस्तुत गर्नुभएको थियो । जसमाः कोकिला थापा, चन्द्रिका पौडेल, कमला शर्मा, हिमा जि.एम., लोक कुमारी थापा, चुमा भण्डारी, अन्जु रोका, कमला नेपाली, देवि नेपाली, पदममाया नेपाली, अनिता गिरी, कविता रोका, सुजिता शर्मा, निर्मला नेपाली, टिका नेपाली र माया परियार रहनु भएको छ ।

विभागका सम्पूर्णलाई चेन्नई पश्चिम नगर सदस्य तिलक शर्माले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार