प्रवासी नेपालीहरुको न्यायको पक्षमा मूल प्रवाह लडिरहेको छ – खनाल

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आफ्नो स्थापना कालदेखि नै प्रवासी नेपालीहरुको हकहित र न्यायको पक्षमा लड्दै आइरहेको केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ ।

अध्यक्ष खनालले पश्चिमोत्तर क्षेत्रीय समितिको दशौं क्षेत्रीय सम्मेलनको विस्तारित बैठकलाई सम्बोधनका दौरानमा उक्त धारणा राख्नु भएको हो । अध्यक्ष ठाकुर खनालले “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरूको सामाजिक सुरक्षाको लागि संगठित बनौं ।” भन्ने मूल नारा अन्तर्गत क्षेत्रीय सम्मेलनहरु सम्पन्न हुने समेत बताउनु भयो।

विशिष्ट अतिथि बामपंथी नेता आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सामाजिक रुपमा संगठित गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपुणर् भुमिका निर्वाह गरिरहेको बताउनु भएको थियो ।

विस्तारित बैठकमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले पनि मनतव्य राख्नु भएको थियो । त्यस्तै नेपाली समाचारका सह सम्पादक धनबीर पुनको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम प्रस्तुत बिक्रमसिंह रानाले गर्नु भएको थियो भने कार्यक्रम बेल बहादुर रजालीको अध्यक्षतामा तथा शिव केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत शालिकराम आचार्यले गर्नुभएको थियो । विस्तारित बैठकले आगामी २२-२३ अप्रेल २०२२ मा पश्चिमोत्तर क्षेत्रीय सम्मेलन गर्ने ठेगान गरेको छ ।

सम्मेलनका लागि १७ सदस्यीय सम्मेलनत आयोजक समिति चयन गरेको छ । जसमाः जसमा संयोजक विक्रम सिंह राणा (करनाल), सदस्यहरूमा बेल बहादुर रजाली (जयपुर उत्तर), बाबुराम बस्नेत (भिवाडी), शालिक राम आर्चाय (भिवानी), नारायण ज्ञवाली (जयपुर उत्तर), शिव के.सी. (नई दिल्ली), तिलक पाण्डे (ओखला), ओम थापा (जयपुर दक्षिण), टंक थापा (जयपुर उत्तर), घनश्याम कोईराला (गुरूग्राम), बाबुराम बिस्ट, विष्णु बि.सी. (फरीदाबाद), रेशम बि.क. (रोहतक), सुरज गतराज, रण बहादुर थापा (गुरूग्राम), मिठु के.सी. (आगरा) र नारायण कुस्मेली (दिल्ली) हुनुहुन्छ ।

सम्मेलनको व्यवस्थापन कार्यको लागि विक्रम सिंह राणाको संयोजकत्वमा 7 सदस्यीय व्यवस्थापन समिति गठन भयो । जसमा सदस्यहरूमा घनश्याम कोईराला, रणबहादुर थापा, शिव के.सी, शालिकराम आचार्य, विष्णु बिसी, राम बहादुर थापा हुनुहुन्छ ।

त्यस्तै विस्तारित तिलक पाण्डेको नेतृत्वमा आथिर्क समितिमा टेक थापा, राम प्रसाद घिमिरे, रेशम बि.क., मान सिंह बिस्ट, तिलक खनाल, मिट्ठू के.सी., मणीराम अधिकारी र चोपबहादुर पाण्डे हुनुहुन्छ ।

मोहनसिंह बिकको संयोजकत्वमा 7 सदस्यीय मेस तथा बजार व्यवस्थापन समिति गठन गरियो । जसमा : दिनेश पंथी, बाबुराम बिस्ट, गोपाल भट्टराई, सूर्य क्षेत्री, भिम रायमाझी, भुप बहादुर थापा हुनुहुन्छ ।

शालिकराम आचार्यको संयोजकत्वमा 13 सदस्यीय स्वयम सेवक समिति गठन गरियो । जसमा सदस्यहरू भुवन भण्डारी, गोर्वधन बि.क., विक्की कोईराला, धर्म सुनार, गोपाल भट्टराई, शिव थापा, लाखन परियार, मंगलसिंह खडका, अमृत खडका, गिरबहादुर थापा, प्रकास के.सी र कमल कुंवर हुनुहुन्छ ।

सुरज गतराजको संयोजकत्वमा 7 सदस्यीय सांस्कृतिक समिति तय गरेको छ । जसमा: नारायण पौडेल, पहलसिंह परियार, अजय रेश्मी, नारायण ज्ञवाली (बि), धरम खनाल र विष्णु बि.सी. हुनुहुन्छ ।

शिव केसीको नेतृत्वमा प्रशासन-मिडिया व्यवस्थापन तय गरिएको छ ।

बैठकमा विक्रम सिंह राणाको संयोजकत्वमा 259 सदस्यीय सम्मेलन तयारी समिति गठन गरियो । जसमा सदस्यहरू बेल बहादुर रजाली, बाबुराम बस्नेत, शालिकराम आर्चाय, नारायण ज्ञवाली, शिव के.सी., तिलक पाण्डे, ओम थापा, टंक थापा, घनश्याम कोईराला, बाबुराम बिस्ट, विष्णु बि.सी., रेशम बि.क., सुरज गतराज, रणबहादुर थापा, मिट्ठू के.सी., नारायण कुस्मेली, जयपुर उत्तरः राम प्रकाश शर्मा, मंगलसिंह खडका, मोहन गिरी, उदयकुमार लिम्बु, नारायण पौडेल, लक्ष्मी के.सी., दिल बहादुर कुमाल, चन्द्रा बस्नेत, भगवती मल्ल, जयपुर दक्षिणः रिम राना, हुमा रजाली, कल्पना थापा, बलबहादुर खासु, होम बहादुर सारू, दिपक थापा, सोम बहादुर थापा, बाबुराम थापा, दिपा थापा, माया थापा, नारायण ज्ञवाली (बि), भिवाडीः रामप्रसाद घिमिरे, किसोर राई, रामबहादुर थापा, कृष्टी राई, काजीराम श्रेष्ठ, नारायण शर्मा, अमृत खडका, बाबुराम खडका, अर्जुन नेपाली, देवबहादुर बगाले, किरण पुन, होमबहादुर कुमाल, गिरबहादुर थापा, डम्बर के.सी, कल्पना के.सी, फुलकुमारी राई, श्रृष्टी राई, निर्मला थापा, मन्जु पोख्रेल, फुलकुमारी कुमाल, देवमाया पुन, डि.बि.राना, धुर्व थापा, गोपीराज शर्मा, रमेश परियार, यादु धिताल, नारायण तिवारी, नारनौलः ईश्वरी आचार्य, झमन सिंह थापा, रेवाडीः तेजबिर घर्ती, विष्णु भण्डारी, निमरानाः देवराज पुन, रामबहादुर खडका, ज्ञान प्रसाद भुसाल, उदयपुरः तारा कुवर, फरिदाबादः चन्द्र अधिकारी, धरम खनाल, खेम न्यौपाने, शान्ता भुसाल, शकुन्तला थापा, मनिषा जि.सी., कमला बस्नेत, तामाराम ढकाल, उमेश जि.सी, मानसिंह बिस्ट, सूर्य क्षेत्री, असोक कुंवर, वेदराज आचार्य, रमेश चन्द्र क्षेत्री, अजय रेश्मी, लोकराज थापा, माया बिसी,, बाबुराम भुसाल, कमल कुंवर, मानबहादुर पाण्डे, कृष्ण जि.सी., रेशमा पुन, किसन थापा, सागर खडका, तुलबहादुर बि.सी, भिवानीः मोहनसिंह बिक, मणीराम अधिकारी, बि.बि कोपिला, भुवन भण्डारी, चोप बहादुर पाण्डे, गोर्वधन बि.क., डिलबहादुर भट्टराई, भिमबहादुर रायमाझी, भुपबहादुर थापा, प्रकास के.सी, बिकास मल्ल, दादरीः किसन बिक, कबिर बिक, बुधराम बिक, सोनीपतः उमानन्द बन्जाडे, कृष्ण बैजाली, करन थापा, बासुदेव खनाल, पुर्वी दिल्लीः चक्रसिंह के.सी, भानु श्रेष्ठ, राजकुमार राहु, नोएडाः ओमबहादुर बि.क, कृष्ण कुंवर, जितबहादुर खाती, कृष्ण कुमार, पिनु थापा, चित्रबहादुर सुनार दिल्लीः सुनिल थापा, डोलराज शर्मा, रामु धमला, नरेन्द्र अधिकारी, बिसाल खनाल, बमबहादुर बि.क., फर्सबहादुर बि.क., प्रभा थापा, सुनिता नेपाली, मिरा थापा(नन्दा शर्मा), नन्दु नेपाली, गुरूग्रामः गोपाल भट्टराई, रामबहादुर बि.क., कमल रायमाझी, शेरबहादुर थापा, केशव पौडेल, जितबहादुर बि.क., शिव थापा, सुमित्रा थापा, राम बहादुर गौतम, विष्णु नेपाली, विष्णु बि.क., समुन्द्र सिंह गौतम, दिलबहादुर बि.क, दुर्गा राना, जितबहादुर परिवार, दलबहादुर जि.सी, प्रकास गतराज, मिना परियार, गोपाल खनाल, कमल खनाल, धर्म के.सी, जुवाखर घिमिरे, रेश्मी थापा, पलवलः गोपाल के.सी., गिता बस्नेत, गोपाल बस्नेत, जिन्दः मुक्तीराम कोईराला, मेरठः नारायण शर्मा, जिवन शर्मा, विष्णु खनाल, गाजियाबादः छत्रबहादुर थापा, किसन थापा, प्रितम गिरी, हापुडः मेघराज के.सी, भोज बहादुर थापा, राज कुमार आत्रे, निमरानाः पुरन भण्डारी, रमेश परियार, हुमलाल भण्डारी, रोम पुन, प्रेम पुन, गोबिन्द घर्ती, राम जि.एम., खुमबहादुर घर्ती, टेकबहादुर घर्ती, जोधपुरः खगेश्वर शर्मा, यमबहादुर नेपाली, चक्र शाही, नई दिल्लीः पहलसिंह परियार, बिनबहादुर कुंवर, तिलक खनाल, विष्णु खनाल, सालिकराम पौडेल, रामबहादुर जि.एम., दिनेश पंथी, मुक्ती भुसाल, निरज पुन, सिता के.सी, करण पुन, लालबहादुर कुंवर, पे्रम पौडेल, बालकृष्ण पुन, रामबहादुर रायमाझी, मनबहादुर पुन, श्याम खडका, कृष्ण पाण्डे, बिनोद रायमाझी, सन्दीप भाट, राजु परियार, मोतीराज भण्डारी, निरूका पुन, मन्जु रायमाझी, पदम भुजेल, दिपक भुसाल, रामजी घिमिरे, ओमप्रकास न्यौपाने, लक्ष्मी खडायत, करनालः रामबहादुर नेपाली, टिकाराम बि.क., मानसिह जि.सी., भोजराज बिक, फुलमाया जि.सी., लालबहादुर बस्नेत, विष्णु पंथी, राजु सेजवाल, थम्मन के.सी, रोहतकः रेशम बिक, सुभाष गौतम, बलबहादुर बि.क., गणेश शर्मा, धर्म सुनार, विक्की कोईराला, उषा बिक, सिता परियार, कल्पना परियार, ओखलाः कन्या गुरूङ्ग, प्रविण गुरूङ्ग, नरबहादुर रेश्मी, ज्ञान बहादुर खड्का, केशव थापा, पानीपतः दिनानाथ पाण्डे, बाबुराम क्षेत्री, प्रेम क्षेत्री, हरि गुरूङ्ग, सागर शर्मा, डेमलाल बन्जाडे, कमल खनाल, आगराः धुुर्व शाह, राम बहादुर थापा, प्रकास शर्मा, दिनानाथ थापा, लाखन परियार र राज कुमार दत्त हुनुहुन्छ ।

सम्मेलन तयारी समितिका अन्य 214 सदस्यहरू रहेको प्रचार प्रसार समितिगठन गरियो । जसको संयोजकत्व बेलबहादुर रजाली हुनुहुन्छ ।

सन्दर्भवस उद्घाटन कार्यक्रमको दिन लेनिन जयन्ती र नेकपाको स्थापना दिवस परेको छ । सम्मेलनलाई भव्य रुपमा पार्न आज देखि नै क्षेत्र व्यापी अभियान कै रुपमा लाग्ने विक्रमसिंह राणाले हामीलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार