बैंगलोरमा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

धर्म पहरी, बैंगलोर, ८ मार्च २०२३ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, बैंगलोर उत्तर नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ ।

दक्षिण भारत क्षेत्र अन्तर्गतको महिला विभागकी सदस्य तथा नगर उपाध्यक्ष दुरा पहरीको अध्यक्षता तथा विद्यार्थी विभागकी पूर्व सदस्य वसन्ता दाहालको सञ्चालन तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा नगर अध्यक्ष धर्म पहरीको प्रमुख आतिथ्यता तथा बैंगलोर समितिका सदस्य चन्द्र बहादुर थापाकोे आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई नगर समितिकी सदस्य निर्मला दाहालले स्वागत गर्नु भएको थियो । ज्ञात—अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण पछि कार्यक्रम अगाडी बढेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पहरीले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा प्रष्ट पार्नुका साथै महिलाहरुको हक—हितको लागि सम्पूर्ण महिलाहरु मुक्ति आन्दोलनमा सहभागी हुनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नगर समितिका सदस्य चन्द्र बहादुर थापा, एरिया समितिबाट कोपिला शर्मा र सुक्मिता गुरुङले पनि आफ्ना भनाइहरु राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार