अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अमर छन्त्याललाई मातृशोक

आयरल्यान्ड नेपाली एकता समाजका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अमर छन्त्याल मातृशोकमा पर्नुभएको छ ।

छत्यालकी आमा जोखीदेवी छन्त्यालको निमोनियाका कारण १० मार्च २०२३, तदानुसार २०७९ फाल्गुन २६ गते शुक्रवारका दिन ८८ वर्षको उमेरमा निधन भएको छ । उहाँको शुक्रबार नै ढोरपाटन नगरपालिका वडा नं. ४ लुकुरवनस्थित घाटमा दाहसंस्कार गरिएको छ ।

उक्त दुःखद निधनप्रति अन्तराष्ट्रिय नेपाली एकता समाजको तर्फबाट अध्यक्ष दुर्गाबहादुर के.सी.ले शोक वक्तव्य मार्फत जोखीदेवीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा फागुन २७ गते शुक्रबार जारी शोक वक्तव्यमा शोकाकुल सम्पूर्ण परिवार–जनहरुमा समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार