
खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले नगर सदस्य अमित सुनारलाई सम्मान सहित विदाई गरेको छ ।
८ मार्चको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गरिएको बिदाई समारोहमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालेले उहाँको योगदानको चर्चा गर्दै स्वदेशको आन्दोलनमा निरन्तर लाग्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको थियो । उक्त समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, महिला क्षेत्रीय सदस्य मीना बगाले, नगरका नेताहरु लक्ष्मण केसी, नारायण पोख्रेल, राजेन्द्र थापा, वासुदेव पौडेल, अमित सुनार, लाल बहादुर सुनार, राजेश केसी, चन्द्र बस्याल र अन्जली थापा लगाएतले बोल्नु भएको थियो ।
नगर समितिको तर्फबाट स्मृति चिन्ह र प्रसंशा–पत्र दिएर सम्मान सहित विदाई गरिएको सो कार्यक्रम नगर अध्यक्ष जीतमान थापाको अध्यक्षता तथा नारायण पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो ।
















